महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन

राजविराज राजविराज
|
शनिबार, जेठ ६, २०८०
|
|
४३ पटक हेरिएको
Shares
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन

सारांश

  •     प्रर्दशनको समितीका जिल्ला अध्यक्ष विष्णु देव यादवले नेतृत्वमा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकतादेखि सर्वसाधारण समेत सहभागी भएको देखिन्थे ।
  •     प्रर्दशनको क्रममा सहभागीहरुले “राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, गाउँ नगरमा हल्ला छ, राजा ल्याउने सल्लाह छ, जयश्री राम, लगायत राजसंस्था र हिन्दु धर्मको पक्षमा नाराबाजी गरेका थिए ।
  •       नगरपरिक्रमा पश्चात् पुनः राजरंगशाला मै पुगी आयोजित सभालाई प्रमुृख अतिथी पूर्व उर्जाराज्य मन्त्री दिपक कुमार सिह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम बहादुृर घोकर, सन्तबहादुृर रुम्बा, पारस वस्नेत लगायतले सम्बोधन गर्दै मुलुक जोगाउन राजसंस्था र हिन्दु राष्ट्र अवको प्रमुख आवश्यकता रहेको बताए ।

    राजविराज÷राजसंस्था पुनःस्थापनाको माग गर्दै राजाका समर्थकहरुले शनिबार राजविराजमा बृहत प्रदर्शन गरेका छन् । 
    राष्ट्रवादी यूवा दलित तथा अल्पसंख्यक विपन्न वर्ग विकास सेवा समिती कंचनपुर सप्तरीको. अगुवाईमा सो प्रर्दशन गरिएको हो । 
    गाउँगाउँबाट ट्याक्टर, वस, साइकल, अटो, सिटीरिक्सा लगायतका सवारी साधनको प्रयोग गरी स्थानीय राजरंगशालामा हजारौको संख्यामा भेला भएका राजसंस्थाका पक्षधरहरुको उक्त प्रदर्शनमा सहभागिता रहेको थियो । 
    प्रर्दशनको समितीका जिल्ला अध्यक्ष विष्णु देव यादवले नेतृत्वमा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकतादेखि सर्वसाधारण समेत सहभागी भएको देखिन्थे ।
    प्रर्दशनको क्रममा सहभागीहरुले “राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, गाउँ नगरमा हल्ला छ, राजा ल्याउने सल्लाह छ, जयश्री राम, लगायत राजसंस्था र हिन्दु धर्मको पक्षमा नाराबाजी गरेका थिए । 
    नगरपरिक्रमा पश्चात् पुनः राजरंगशाला मै पुगी आयोजित सभालाई प्रमुृख अतिथी पूर्व उर्जाराज्य मन्त्री दिपक कुमार सिह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम बहादुृर घोकर, सन्तबहादुृर रुम्बा, पारस वस्नेत लगायतले सम्बोधन गर्दै मुलुक जोगाउन राजसंस्था र हिन्दु राष्ट्र अवको प्रमुख आवश्यकता रहेको बताए । 
    उनीहरुले अहिलेका प्रमुृख दलका नेता तथा कार्यकर्ताहरुको कार्यशैलीले मुलुकमा मात्र नभई अन्तराष्ट्रियस्तर मै गन्हाई सकेको भन्दै कडा शब्दमा आलोचना समेत गरे । 
    राजवादीहरुले दुई वर्ष पछी यस्तो प्रर्दशन गरेका हुन । २०७७ कार्तिक २६ गते नेपाल राष्ट्रवादी समुहको व्यानरमा राजवादीहरुले प्रर्दशन गर्न खोज्दा प्रमुख दल निकट विद्यार्थी संगठनका स्थानीय नेताहरुले विथोलि दिएका थिए । तर २ वर्ष पछी शनीवार आयोजना गरीएको प्रर्दशन र सभामा कतै कुनै हस्तक्षेप गरिएन । 
    त्यति बेला राजसंस्था पुनः स्थापनाको माग सहित पुर्व राजाका सर्मथकहरुद्वारा दिनहु जसो मुलुकका मुख्य सहरहरुमा प्रर्दशन हुन थाले पछी २०७७ मंसिर १६ गते गृहमन्त्रालयले विरोध ¥याली, सभा, जुलुस लगायतका गतिवीधी हुन न दिन  सबै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायलाइ निर्देशन दिएको थियो । तर शनिवार गरिएको प्रर्दशनमा स्थानीय प्रशासनले पनि कुनै बाधा अवरोध र हस्तक्षेप न गर्दा निर्वाध र भब्य रुपमा प्रर्दशन र सभा सम्पन्न भएको आयोजक समितीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन
आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्त
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्त
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी