दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा बुधवारदेखि प्रभु बैंकले राजश्व संकलन काउण्टर संचालनमा ल्याएको छ ।
मालपोत कार्यालय अन्तर्गतको राजविराज मालपोत कार्यालयमा पहिलो राजश्व संकलन काउन्टर संचालन भएको हो ।
मालपोत कार्यालयमा नगद कारोबारलाई बैंकमार्फत व्यवस्थित गर्ने उद्देश्यले राजश्व संकलनको लागि प्रभु बैंक राजविराज शाखाको काउन्टर मालपोत परिसरभित्रै स्थापना गरिएको जनाइएको छ ।
काउन्टर स्थापना कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले नगद कारोबार हुने विगतको परिपाटीमा परिवर्तन भई अब बैंक मार्फत राजश्व तिर्ने काम सुरु भएपछि सेवाग्राहीलाई सजिलो हुने विश्वास व्यक्त गरे ।
यस्तै प्रभु बैंकका डेपियुटि रिजनल बिजनेश अफिसर आकाश दाहालको अध्यक्षतामा सम्पन्न बैंक काउन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मालपोत प्रमुख सिकिन्दर साहले स्थापना भएको काउन्टरले सेवाग्राहीलाई सजिलो र सुलभ हुने बताए ।
राजविराज मालपोत परिसरभित्र प्रभुको काउण्टर
सारांश
- मालपोत कार्यालय अन्तर्गतको राजविराज मालपोत कार्यालयमा पहिलो राजश्व संकलन काउन्टर संचालन भएको हो ।
- मालपोत कार्यालयमा नगद कारोबारलाई बैंकमार्फत व्यवस्थित गर्ने उद्देश्यले राजश्व संकलनको लागि प्रभु बैंक राजविराज शाखाको काउन्टर मालपोत परिसरभित्रै स्थापना गरिएको जनाइएको छ ।
- काउन्टर स्थापना कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले नगद कारोबार हुने विगतको परिपाटीमा परिवर्तन भई अब बैंक मार्फत राजश्व तिर्ने काम सुरु भएपछि सेवाग्राहीलाई सजिलो हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया