पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग

राजविराज राजविराज
|
शनिबार, बैशाख १५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग

सारांश

  •     गत आइतवार दिउँसो भिषण आगलागि भएपछि स्थानिय १६ परिवारको २४ घर जल्दा उनीहरु घरवारबिहीन भएका थिए ।
  •     अग्नी पीडितहरुको समस्या बुझ्न शुक्रबार पडेमारा पुगेको मन्त्रि लेखी नेतृत्वको टोलीले भेटघाट गर्दै प्रतिपरिवार १० हजारको दरले आर्थिक सहयोग गरेका हुन् ।
  •       मन्त्री लेखीले घटना बारे जानकारी लिदै मन्त्रालयको तर्फबाट प्रत्येक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको भकस्उनको सचिवालयले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 

    सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमाराका अग्निपीडित परिवारलाई मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्रि राजकुमार लेखीले आर्थिक सहयोग गरेका छन् । 
    गत आइतवार दिउँसो भिषण आगलागि भएपछि स्थानिय १६ परिवारको २४ घर जल्दा उनीहरु घरवारबिहीन भएका थिए ।
    अग्नी पीडितहरुको समस्या बुझ्न शुक्रबार पडेमारा पुगेको मन्त्रि लेखी नेतृत्वको टोलीले भेटघाट गर्दै प्रतिपरिवार १० हजारको दरले आर्थिक सहयोग गरेका हुन् । 
    मन्त्री लेखीले घटना बारे जानकारी लिदै मन्त्रालयको तर्फबाट प्रत्येक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको भकस्उनको सचिवालयले जनाएको छ ।  
    सोही क्रममा उनले प्रदेश सरकारबाट हुन सक्ने थप सहयोगको लागि अविलम्ब पहल गर्ने प्रतिबद्धता  जनाउँदै आगलागीका घटना हुन नदिन सतर्कता अपनाउन स्थानियसँग अनुरोध समेत गरे । 
    सो अवसरमा एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कन्चनरुप नगरपालिकाका पुर्व मेयर वसन्त मिश्रालगायतका स्थानीय जनप्रतिनिधिहरु विभिन्न पार्टीका नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । 
    स्थानिय लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट गत आइतबार दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १६ परिवारको २४ घर नष्ट भएको थियो । आगलागीमा लालमोहन सरदारको ४, बिजुली सरदारको ३, आशा सरदार, लालबहादुर सरदार, सुधीर सरदार, बिरबहादुर सरदार, श्यामबहादुर  सरदार, रामबहादुर सरदार, बुटु सरदारको दुइ÷दुइ वटा तथा त्रिभुवन सरदार, करण चौधरी, समुन्द्री सरदारको एक÷एक वटा  गरि २४ वटा घर जलेका थिए । 
    आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताएका छन् । 
    यसअघि सोही बस्तीमा २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत आगलगीका घटना भएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
धान रोपेर दिवस मनाइयो
धान रोपेर दिवस मनाइयो
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
दुई फरार प्रतिवादी पक्राउ