किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद

राजविराज राजविराज
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
४३ पटक हेरिएको
Shares
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद

सारांश

  •     जग्गाधनी काम विशेषले विदेशमा रहेका बेला उनलाई जानकारी नै नदिइ जग्गा खरीद बिक्री कार्यक्रमा संलग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज ५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधबार ६÷६ वर्ष कैद सजाय भएको हो ।
  •     सप्तरी जिल्ला अदालतका न्यायधिश इश्वरमणि ओझाको इजलासले उक्त फैसला गरेको श्रेस्तेदार कुमार मास्केले जानकारी दिएका छन् ।
  •       अर्का कर्मचारी सुनसरी दुहबी ४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० असार । 
    राजविराज नगरपालिका ७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी खरीद बिक्री गर्ने कार्यमा सलंग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई जिल्ला अदालत सप्तरीले कैद सजायको फैसला सुनाएको छ । 
    जग्गाधनी काम विशेषले विदेशमा रहेका बेला उनलाई जानकारी नै नदिइ जग्गा खरीद बिक्री कार्यक्रमा संलग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज ५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधबार ६÷६ वर्ष कैद सजाय भएको हो ।
    सप्तरी जिल्ला अदालतका न्यायधिश इश्वरमणि ओझाको इजलासले उक्त फैसला गरेको श्रेस्तेदार कुमार मास्केले जानकारी दिएका छन् । 
    अर्का कर्मचारी सुनसरी दुहबी ४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायबसुब्बा खतिवडा २०७८ पुस २ गते कारागारमा बिरामी परेका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए । 
    खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । 
    यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ७ मा बसोवास गर्दै आएकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकामा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।
    कीर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष तथा ठगी गरेकामा तीन वर्ष गरी ६÷६ वर्ष कैद सजाय भएको श्रेस्तेदार मास्केले जानकारी दिए । 
    यस्तै २०७५ असार १९ गते पक्राउ परी साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज ११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शंकर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा हालसम्म फरार रहेका छन् ।
    उनीहरूले राजविराज नगरपालिका ७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । काम विशेषले अमेरिकामा गएकी अर्याललाई थाहै नदिई उनीहरुको संलग्नतामा अर्यालको जग्गा बिक्री गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?