दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षिय जालाधर राम छिमेकीद्वारा निर्घात कुटिएका छन् ।
मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै उनी कुटिएका हुन् । कुटाइबाट टाउकोमा गम्भिर चोट लागि १० वटा टाका लगाइएका उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था बिग्रिदै गएपछी चिकित्सकले बाहिर लगेर उपचार गराउन सल्लाह दिएको बुवा महेन्द्र रामले बताए ।
घाइतेका बुबा महेन्द्रका अनुसार तीन दिन अघि मादक पदार्थ सेवनगरी आफूहरुलाई गाली गलौज गरेको भन्दै छिमेकी राजलाल राम र उनका नाती निरज रामले बाँसको भाटाले छोरालाई निर्घात कुटपिट गरेका थिए ।
बेहोस अवस्थामा उपचारका लागि ल्याइएको छोराको अवस्था झन विग्रिदै गएको र चिकित्सकले उपचारका लागि बाहिर लैजान भनेपछि आर्थिक अभावले आफू थपसमस्यामा परेको उनले सुनाए ।
उनले सोमबार छोरालाई मरनासन्न हुनेगरी कुटपिट गर्ने राजलाल राम र निरज कुमार राममाथी कडा कारवाही, घाइतेको उपचार तथा क्षतिपूर्तीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन समेत दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान तथा कुटपिटमा संलग्नको खोजिकार्य भइरहेको जनाएको छ ।
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग
सारांश
- मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै उनी कुटिएका हुन् ।
- कुटाइबाट टाउकोमा गम्भिर चोट लागि १० वटा टाका लगाइएका उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
- उनको अवस्था बिग्रिदै गएपछी चिकित्सकले बाहिर लगेर उपचार गराउन सल्लाह दिएको बुवा महेन्द्र रामले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया