छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०८१
|
|
११८ पटक हेरिएको
Shares
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 

सारांश

  •     मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै उनी कुटिएका हुन् ।
  • कुटाइबाट टाउकोमा गम्भिर चोट लागि १० वटा टाका लगाइएका उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
  •       उनको अवस्था बिग्रिदै गएपछी चिकित्सकले बाहिर लगेर उपचार गराउन सल्लाह दिएको बुवा महेन्द्र रामले बताए ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 

    सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षिय जालाधर राम छिमेकीद्वारा निर्घात कुटिएका छन् । 
    मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै उनी कुटिएका हुन् । कुटाइबाट टाउकोमा गम्भिर चोट लागि १० वटा टाका लगाइएका उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । 
    उनको अवस्था बिग्रिदै गएपछी चिकित्सकले बाहिर लगेर उपचार गराउन सल्लाह दिएको बुवा महेन्द्र रामले बताए ।
    घाइतेका बुबा महेन्द्रका अनुसार तीन दिन अघि मादक पदार्थ सेवनगरी आफूहरुलाई गाली गलौज गरेको भन्दै छिमेकी राजलाल राम र उनका नाती निरज रामले बाँसको भाटाले छोरालाई निर्घात कुटपिट गरेका थिए । 
    बेहोस अवस्थामा उपचारका लागि ल्याइएको छोराको अवस्था झन विग्रिदै गएको र चिकित्सकले उपचारका लागि बाहिर लैजान भनेपछि आर्थिक अभावले आफू थपसमस्यामा परेको उनले सुनाए । 
    उनले सोमबार छोरालाई मरनासन्न हुनेगरी कुटपिट गर्ने राजलाल राम र निरज कुमार राममाथी कडा कारवाही, घाइतेको उपचार तथा क्षतिपूर्तीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन समेत दिएका छन् । 
    प्रहरीले घटनाको अनुसन्धान तथा कुटपिटमा संलग्नको खोजिकार्य भइरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी