नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

राजविराज राजविराज
|
बुधबार, चैत्र ४, २०८२
|
|
७१ पटक हेरिएको
Shares
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

सारांश

  •     सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं.
  • ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फागुन ५ गते बेलुका करिब ७ बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरमा भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन भन्ने नेहा खातुनलाई इम्तियाज अहमदले मोटरसाइकलमा लगेर वेपत्ता पारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ बुधबार । 

    सात वर्षिय नाबालिकाको अपहरण, शरीर बन्धक तथा मानिव ओसारपसार सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा अदालतले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
    सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं. ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फागुन ५ गते बेलुका करिब ७ बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरमा भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन भन्ने नेहा खातुनलाई इम्तियाज अहमदले मोटरसाइकलमा लगेर वेपत्ता पारेका थिए । दुईदिन पछि आसुका बुवा इमरान खानलाई फोन गरी एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती माग्दै रुपनी गाउँपालिका वडा नं. १ स्थित खाँडो खोलामा आउन भनिएको थियो ।
    आसुका परिवारजनले प्रहरीलाई जानकारी गराएपछि सोही स्थानबाट फागुन ७ गते उद्धार गर्दै इम्तियाज अहमदलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।  
    घटनासम्बन्धी अनुसन्धान तथा तहकिकात पुरा गरी सप्तरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार अभियुक्तलाई पुर्पक्षका लागि सप्तरी कारागार कार्यालय राजविराज पठाईएको उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी