नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

राजविराज राजविराज
|
बुधबार, चैत्र ४, २०८२
|
|
१८ पटक हेरिएको
Shares
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

सारांश

  •     सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं.
  • ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फागुन ५ गते बेलुका करिब ७ बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरमा भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन भन्ने नेहा खातुनलाई इम्तियाज अहमदले मोटरसाइकलमा लगेर वेपत्ता पारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ बुधबार । 

    सात वर्षिय नाबालिकाको अपहरण, शरीर बन्धक तथा मानिव ओसारपसार सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा अदालतले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
    सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं. ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फागुन ५ गते बेलुका करिब ७ बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरमा भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन भन्ने नेहा खातुनलाई इम्तियाज अहमदले मोटरसाइकलमा लगेर वेपत्ता पारेका थिए । दुईदिन पछि आसुका बुवा इमरान खानलाई फोन गरी एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती माग्दै रुपनी गाउँपालिका वडा नं. १ स्थित खाँडो खोलामा आउन भनिएको थियो ।
    आसुका परिवारजनले प्रहरीलाई जानकारी गराएपछि सोही स्थानबाट फागुन ७ गते उद्धार गर्दै इम्तियाज अहमदलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।  
    घटनासम्बन्धी अनुसन्धान तथा तहकिकात पुरा गरी सप्तरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार अभियुक्तलाई पुर्पक्षका लागि सप्तरी कारागार कार्यालय राजविराज पठाईएको उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी 
प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी 
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान