चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 

राजविराज राजविराज
|
आइतबार, पौष १३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 

सारांश

  •     जाडोयाममा सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धा प्रभावित हुने गरेका छन् ।
  • सोही कुरालाई मध्यनजर गर्दै जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले विद्यालयमा पाँच दिनका लागि विदा दिने निर्णय गरेको हो ।
  •     डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले पालिका अन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि विदा दिइएको जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    विगत एक सातादेखी बढेको चिसोसँगै चलेको शितलहरले जनजीवन प्रभावित बन्न थालेपछी सप्तरीका एकपछी अर्को पालिकाले विद्यालयमा बिदा दिने निर्णय गर्न थालेको छ । 
    जाडोयाममा सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धा प्रभावित हुने गरेका छन् । सोही कुरालाई मध्यनजर गर्दै जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले विद्यालयमा पाँच दिनका लागि विदा दिने निर्णय गरेको हो ।
    डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले पालिका अन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि विदा दिइएको जानकारी दिएका छन् । 
    पालिकाले आईतबार एक सूचना जारी गर्दै पुस १४ सोमबारदेखि लागू हुने गरी पुस १८ गते शुक्रबारसम्म पाँच दिनको विदा दिइएको जनाइएको छ ।
    यस्तै आइतबारै राजगढ गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलद्वारा जारि सूचनामा अत्याधिक रुपमा बढेको चिसो तथा शितलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पाँच दिनका लागि बिदा दिने जनाइएको छ । 
    जारि सूचनामा पालिका अन्तरगत संचालित सम्पूर्ण विद्यालयहरुमा वर्षे र हिउँदे विदाबाट कट्टा हुने गरि सोमबारदेखी शुक्रबारसम्म प्रशासनिक कार्य बाहेक नियमित पठनपाठन कार्य बन्द रहने र पुस २० गते आइतबारदेखी पुनःसंचालन हुने उल्लेख छ । 
    यसअघि जिल्लाको बोदेबरसाइन नगरपालिकाले चिसो बढेको कारण पुस ९ देखी १३ गतेसम्म पाँच दिनका लागि विद्यालयमा विदा दिएको थियो । 
    नगरप्रमुख आतेशसिंह यादवद्वारा जारी सूचनामा शितलहरका कारण बढेको अत्यधिक चिसोका कारण सामान्य जनजीवन प्रभावित भई बालबालिकाहरुलाई विद्यालय आउन जान असहज हुने भएकोले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको उल्लेख छ ।
    सप्तरीमा विगत एकसातादेखि चिसो बढेको र तीन दिनदेखि चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ । विहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
मुख्य बजारमै छैन सार्वजनिक शौचालय
मुख्य बजारमै छैन सार्वजनिक शौचालय