भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह

राजविराज राजविराज
|
शनिबार, जेठ २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह

सारांश

  •     उनले सरकारको यस अभियानमा सञ्चार क्षेत्र, राजनीतिक दल लगायत सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गर्दै विगतका कमजोरीलाई मात्र कोट्याएर मधेशमा केही हुन सक्दैन भन्ने नकारात्मक कुरा मात्र प्रवाह गर्ने भन्दा पनि अब नयाँ सोचका साथ सञ्चार क्षेत्रले सकारात्मक कुरालाई पनि जनसमक्ष पु¥याउन जरुरी रहेको भने ।
  •      उनले अहिले कुनै एक दलको बहुमतको सरकार नरहेको अवस्थामा मिलेर काम गर्नुको विकल्प नरहने भएकाले भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक रहेको औल्याए ।
  •       चालु आर्थिक वर्ष समाप्तिको चरणमा रहेकोले सम्पूर्ण क्याबिनेट र सचिव फुल टाईम बसेर बजेट, नीति तथा कार्यक्रम निर्माणमा लाग्ने बताए ।

    राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने कुरा बताएका छन् । 
    मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रबार राती गृहजिल्ला सप्तरी आइपुगेका उनले यस्तो बताएका हुन् । 
    सरकारले अबैध गतिबिधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै उनले मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै विक्री गर्ने गरिएको जस्ता विकृतिप्रति जनगुनासो बढेकोले यसलाई नियन्त्रण गर्ने बताए । 
    उनले सरकारको यस अभियानमा सञ्चार क्षेत्र, राजनीतिक दल लगायत सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गर्दै विगतका कमजोरीलाई मात्र कोट्याएर मधेशमा केही हुन सक्दैन भन्ने नकारात्मक कुरा मात्र प्रवाह गर्ने भन्दा पनि अब नयाँ सोचका साथ सञ्चार क्षेत्रले सकारात्मक कुरालाई पनि जनसमक्ष पु¥याउन जरुरी रहेको भने ।     उनले अहिले कुनै एक दलको बहुमतको सरकार नरहेको अवस्थामा मिलेर काम गर्नुको विकल्प नरहने भएकाले भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक रहेको औल्याए । 
    चालु आर्थिक वर्ष समाप्तिको चरणमा रहेकोले सम्पूर्ण क्याबिनेट र सचिव फुल टाईम बसेर बजेट, नीति तथा कार्यक्रम निर्माणमा लाग्ने बताए । उनले मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि एक एकवटा विशिष्ठ रुपको कृषि प्याकेजको कार्यक्रम ल्याउने जानकारी दिए ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?