दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरी जिल्लामा संगठित अपराध मौलाउँदै जाँदा सुरक्षा अवस्था सुदृढ हुन नसकेको तथा ठूलो मात्रामा गाजा बरामद भएको घटनाप्रति गम्भिर हुन भन्दै युथ नेपाल सप्तरीले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हालै मात्र राजविराजस्थित एक गोदामबाट लागुऔषध गाँजा ठूलो मात्रामा फेला परेको घटनापछि प्रभावकारी अनुसन्धान, सुरक्षा सुधार तथा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।
बुझाएको ज्ञापनपत्रमा सुरक्षा संयन्त्रलाई सुधार गर्दै समाजलाई लागुऔषधको चपेटाबाट बचाउनका लागि प्रभावकारी नीति तथा योजनाहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने जोड दिइएको छ ।
उक्त माग सम्बोधनमा प्रशासनले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने सप्तरी युथ नेपालद्वारा बुझाइएको ज्ञापनपत्रमा चेतावनी समेत दिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले ज्ञापन पत्र बुझ्दै यस घटनाको निष्पक्ष छानबिन भइरहेको र संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै सीमा सुरक्षामा कडाइ गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा रणनीति पुनरावलोकन गर्ने आश्वासन दिए ।
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
सारांश
- सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हालै मात्र राजविराजस्थित एक गोदामबाट लागुऔषध गाँजा ठूलो मात्रामा फेला परेको घटनापछि प्रभावकारी अनुसन्धान, सुरक्षा सुधार तथा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।
- बुझाएको ज्ञापनपत्रमा सुरक्षा संयन्त्रलाई सुधार गर्दै समाजलाई लागुऔषधको चपेटाबाट बचाउनका लागि प्रभावकारी नीति तथा योजनाहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने जोड दिइएको छ ।
- उक्त माग सम्बोधनमा प्रशासनले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने सप्तरी युथ नेपालद्वारा बुझाइएको ज्ञापनपत्रमा चेतावनी समेत दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया