सडक दुर्घटनामा ६ जना घाइते

राजविराज राजविराज
|
बिहिबार, चैत्र २, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सडक दुर्घटनामा ६ जना घाइते

सारांश

  •     जिल्लाको कंचनरुप नगरपालिका बिष्णु मन्दिरस्थित पुर्ब पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको ना.
  • ३३प.
  • ९४५८ नं.

दैनिक समाचारदाता
राजविराज, २ चैत । 

    सप्तरीको विभिन्न स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् । 
    जिल्लाको कंचनरुप नगरपालिका बिष्णु मन्दिरस्थित पुर्ब पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको ना.३३प.९४५८ नं. को स्कुटीले बाटो काट्ने क्रममा एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो दुर्घटनामा स्कुटी चालक पनि भाइते भएका छन् ।
    ठक्करबाट सो नगरपालिका वडा नं. ८ बस्ने ५० वर्षिया पैदल यात्री सोशिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मुख, बायाँ खुट्टा र दाहिने हातमा चोट लागेकोले उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया भर्ना गरिएको छ । 
    यस्तै स्कुटी चालक मोरङको रतुवामाई ५ बस्ने २५ वर्षिय बलिराम राजबंशीको निधारमा चोट लागेकोले उनको एमडिएस अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
    यसैगरि बिहीबारै राजविराज १६ बोरिया पेट्रोल पम्पस्थित सडक खण्डमा सखडाबाट राजविराजतर्फ आउदै गरेको मधेश प्र.०६–००१–०३३४ नम्बरको मोटरसाइकल र सोही सडक खण्डमा बिपरित दिशाबाट जादै गरेको स.५प.२७३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको छ । 
    सो दुर्घटनामा मधेश प्र. ०६–००१–०३३४ मा सबार राजगढ ७ फकिर इनर्वा निवासी ताज महमदको निधारमा र दाहिने खुट्टामा चोट लागेको तथा सोहि मोटरसाइकल पछाडी सबार उनको पत्नी मोरिया खातुनको दाहिने हात र दाहिने आँखामा घाउ भएको प्रहरीले जनाएको छ ।
    यस्तै स.५प.२७३९ नम्बरको मोटरसाइकलमा सबार विष्णुपुर ७ बस्ने लक्ष्मी मंडलको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको तथा सोही मोटरसाइकल पछाडी सबार हनुमाननगर कंकालिनी ४ मधवापुर बस्ने सन्तोष मंडलको दाहिने हात र अनुहारमा चोट लगेको प्रहरीले जनाएको छ । 
    घाइते सबैको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन