दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि सूचनामा मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध समेत लागाइएको उल्लेख छ । मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको तथा निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने सूचनामा जनाइएको छ ।
जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ भने अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह पनि गरेको छ ।
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै
सारांश
- जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने उल्लेख छ ।
- प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि सूचनामा मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध समेत लागाइएको उल्लेख छ ।
- मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको तथा निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने सूचनामा जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया