दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा नर्सिङ्ग कलेज निर्माण भइरहेको स्थल नजिकै रहेको चिकित्सकहरु बस्ने निवासको भ¥याङ्ग सोमबार भत्किएको छ ।
सोमबार बिहान ९ बजेदेखी झण्डै एक घण्टा परेको वर्षाका कारण जिर्ण भएको भवनको उक्त भ¥याङ्ग भत्किएको हो । वर्षाको पानी निवास छेउमा जमेपछि जिर्ण भएको भवनको भ¥याङ्ग भत्किएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
कलेज भवन निर्माणका लागि माटो खनिएपछि सो स्थानमा पानी जम्दा माटो मलिलो भइ भ¥याङ्ग भत्किन पुगेको जनाइएको छ ।
यता भवनको माथिल्लो तल्लामा डा. राजिव मिश्रको क्वाटर रहेको छ । उनी सोमबार बिहान पानी रहेपछि डियुटीमा जान हत्तार हत्तार ओर्लिदा झण्डै दुर्घटना हुनबाट जोगिन पुगेका छन् ।
डा. मिश्रले भने, “डियुटीका लागि तयार भएर सधै झैं समयमा तल ओर्लिन खोजे तर, दुई चार पाइला मात्र भ¥याङ्गमा के राखेको थिए, मेरो आँखा भ¥याङ्गमा पुग्यो त्यहा आधा भ¥याङ्ग भत्किएको अवस्थामा थियो । अनि म पुनः माथी नै फर्किए र अस्पतालका कर्मचारीलाई सो बारे फोन मार्फत जानकारी गराए ।”
अस्पतालका कर्मचारीहरु डा. मिश्रलाई भवनको अर्कै स्थानमा बाँसको भ¥याङ्ग लगाएर ओरालेका थिए । सो भवनमा अन्य ५ जना चिकित्सक बस्ने गरेका छन् । जिर्ण भइसकेको पुरानै भवनलाई मर्मत सम्भार गरि अस्पताल प्रशासनले चिकित्सकहरुलाई बस्ने व्यवस्था मिलाएको छ ।
श्रोतका अनुसार यस घटनाबाट त्रसित चिकित्सकहरु सो भवनमा बस्न डराइरहेका छन् । यता अस्पतालका निमित्त मेसु डा. दिलिप साहले घटनाबारे आफू गम्भिर रहेको र मेसु डा. चुमनलाल दास बाहिरबाट फर्किना साथ समस्या समाधानका लागि पहल गर्ने जानकारी दिएका छन् ।
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
सारांश
- सोमबार बिहान ९ बजेदेखी झण्डै एक घण्टा परेको वर्षाका कारण जिर्ण भएको भवनको उक्त भ¥याङ्ग भत्किएको हो ।
- वर्षाको पानी निवास छेउमा जमेपछि जिर्ण भएको भवनको भ¥याङ्ग भत्किएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
- कलेज भवन निर्माणका लागि माटो खनिएपछि सो स्थानमा पानी जम्दा माटो मलिलो भइ भ¥याङ्ग भत्किन पुगेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया