बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 

राजविराज राजविराज
|
आइतबार, चैत्र १५, २०७७
|
|
३९ पटक हेरिएको
Shares
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 

सारांश

  •     टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा १ सय ४६ रन बनाएको थियो ।
  • जसमा निरज यादवले सर्वाधिक ५१, अनिल शाहले २९, कप्तान विवेक यादवले २२ तथा भुलावन सहनीले अविजित १३ रन बनाएका थिए ।
  •     रुपनी राईडर्सका अनिल यादवले सर्वाधिक ३ विकेट लिए भने सुनिल धमला र कुशल भुर्तेलले १/१ विकेट हात पारे ।

    राजविराज/चैत ८ गतेदेखी राजविराजमा संचालित तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरीको उपाधीमाथी बजाज खडक वारियर्सले कब्जा जमाएको छ । 
    शनिबार सम्पन्न फाइनल खेलमा बजाज खडक वारियर्सले रुपनी राईडर्सलाई २ रनले पराजित गर्दै सो उपाधीमाथी कब्जा जमाएको हो । 
    यो जितसँगै बजाज खडक वारियर्सले ३ लाख नगद रुपैयाँको पुरस्कार हात पारेको छ भने उपबिजेता रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।
    टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा १ सय ४६ रन बनाएको थियो । जसमा निरज यादवले सर्वाधिक ५१, अनिल शाहले २९, कप्तान विवेक यादवले २२ तथा भुलावन सहनीले अविजित १३ रन बनाएका थिए ।
    रुपनी राईडर्सका अनिल यादवले सर्वाधिक ३ विकेट लिए भने सुनिल धमला र कुशल भुर्तेलले १/१ विकेट हात पारे ।
    हसस्सो लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा १ सय ४५ रन बनाउन सफल भयो । रुपनी राईडर्सका लागि निरज मुखियाले अविजित ५२, सुनिल धमलाले २३, अमित यादवले १९ तथा कुशल भुर्तेलले १५ रनको योगदान दिएका थिए । 
    यता बजाज खडक वारियर्सका अनिल खरेल र गोमानन्द अमात्यले ३/३ विकेट लिएका थिए भने भुलावन सहनीले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए ।
    प्रतियोगितामा दुई वटा शतक र एउटा अर्धशतक प्रहार गरेका बजाज खडक वारियर्सका खेलाडी अनिल कुमार शाह उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले २५ हजार नगद प्राप्त गरे । 
    त्यस्तै उत्कृष्ट बलर बिशाल सुश्लिंग र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए उनीहरुले जनही १५/१५ हजार प्राप्त गरे । 
    विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनरायण देव लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
वडा सदस्यको निधनले नगरपालिका मर्माहित
वडा सदस्यको निधनले नगरपालिका मर्माहित