ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो

राजविराज राजविराज
|
आइतबार, मंसिर ५, २०७८
|
|
१७६ पटक हेरिएको
Shares
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो

सारांश

  •     सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
  • मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ ।
  •       प्रतिवेदनअनुसार संस्थाको २ करोड ५३ लाख २ सय शेयर पुँजी रहेको छ भने १० करोड ८१ लाख ४४ हजार ६११ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    सप्तरीको राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थाले गत आर्थिक वर्षमा २५ करोड रुपैयाँको कारोवार गरेको छ । संस्थाको आइतवार सम्पन्न २१ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार २५ करोड १५ लाख ९५ हजार २३७ रुपैयाँको कारोवार गरेको जनाइएको छ । 
    सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ । 
    प्रतिवेदनअनुसार संस्थाको २ करोड ५३ लाख २ सय शेयर पुँजी रहेको छ भने १० करोड ८१ लाख ४४ हजार ६११ रुपैयाँ निक्षेप संकलन गरेको छ । 
    यसैगरी १० करोड ८५ लाख ६६ हजार १११ निक्षेप फिर्ता गरी १३ करोड ३४ लाख ६२ हजार २६८ रुपैयाँ ऋण लगानी रहेको प्रतिवेदनमा छ । महिला २० हजार ३६१ र पुरुष ६ हजार ४० गरी कुल २६ हजार ४०१ जना सदस्य रहेको संस्थालाई कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले थालेको बन्दाबन्दीका कारण ठुलो मार खेप्नु परेको अध्यक्ष यादवले बताए । 
    ‘बन्दाबन्दीले संस्थाको कर्जा असुली अपेक्षित रुपमा हुन सकेन । जसले मुठिया बचत समूहहरु लगायत दैनिक बचतकर्ता साना व्यापारी व्यवसायीको भुक्तानी  समयमा गर्न नसकिएकाले वित्तीय कारोवारमा प्रत्यक्ष असर पुगेको छ’ उनले भने–‘निक्षेप संकलन घटेको छ भने सदस्यहरुको संस्थाप्रति विश्वास गुमेको अवस्था सिर्जना हुन पुगेको छ । ती समस्यालाई समाधान गर्न कानूनी प्रक्रिया अघि बढेको छ ।’
    आउँदो दिनमा कर्जा असुली गर्न संस्थाले नितिगत रुपमा कठोरत्तम कदम चाल्ने अध्यक्ष यादवको कथन छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश वर्षअघि बालिका बलात्कार गरि फरार ५३ वर्षिय बलात्कारी पक्राउ 
दश वर्षअघि बालिका बलात्कार गरि फरार ५३ वर्षिय बलात्कारी पक्राउ 
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
राससले पायो लालपुर्जा
राससले पायो लालपुर्जा