जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव

सारांश

  •     “जिम्मेवार पत्रकारिता र राससको भूमिका” विषयक अन्तरक्रियाका प्रमुख अतिथि मधेश प्रदेशका अर्थ तथा योजना समितिका सभापति सतिशकुमार सिंहले आचारसंहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
  •       उनले जिम्मेवार र मर्यादित पत्रकारिताले यस क्षेत्रको विकास र विश्वासनीयता कायम गर्न मद्दत पुग्ने बताए ।
  • रासस सरकारी मिडिया संस्था भएकाले सरकारको गतिविधिलाई समाचारमा प्राथमिकता दिने गरेको भन्दै उनले भने, “सरकारको कतै कुनै कमजोरी र त्रुटि भए त्यसलाई पनि समाचार बनाएर पाठक समक्ष प्रस्तुत गर्दा सुधारमा थप मद्दत पुग्नेछ ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।  

    ६३ औं वार्षिक उत्सवको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस) सप्तरीले बिहिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले पत्रकार आचार संहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव दिएका छन् ।
    “जिम्मेवार पत्रकारिता र राससको भूमिका” विषयक अन्तरक्रियाका प्रमुख अतिथि मधेश प्रदेशका अर्थ तथा योजना समितिका सभापति सतिशकुमार सिंहले आचारसंहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । 
    उनले जिम्मेवार र मर्यादित पत्रकारिताले यस क्षेत्रको विकास र विश्वासनीयता कायम गर्न मद्दत पुग्ने बताए । रासस सरकारी मिडिया संस्था भएकाले सरकारको गतिविधिलाई समाचारमा प्राथमिकता दिने गरेको भन्दै उनले भने, “सरकारको कतै कुनै कमजोरी र त्रुटि भए त्यसलाई पनि समाचार बनाएर पाठक समक्ष प्रस्तुत गर्दा सुधारमा थप मद्दत पुग्नेछ ।”
    मुलुकमा ठूलो संख्यामा मैथली भाषाभाषी रहेको भन्दै उनले राससले आफ्नो समाचार सामग्री मैथिली भाषामा समेत पाठक समक्ष पस्कन सके मैथिली भाषाभाषीले समेत राससप्रति अपनत्व महसुस गर्ने वातावरणको निर्माण हुने बताए । 
    पत्रकारिता गर्नेहरुलाई सरकारले न्युत्तम पारिश्रमिक निरधारण गर्नुपर्ने जिकिर गर्दै उनले मधेस प्रदेशमा भइरहेको बिभिन्न घटनाहरु प्रति जिम्मेवार पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड समेत दिए । 
    राससका प्रादेशिक प्रमुख टिकाराम सुनारले रासस पत्रकारिताको जननी रहेको बताउँदै आफूहरू स्वास्थ्य, निष्पक्ष र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बर्धनका लागि आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको बताए । उनले जनताको करबाट सरकारी मिडिया रासस चलिरहेको भन्दै समय समयमा खबरदारी र सहकार्य गर्नुपर्नेमा जोड दिए । राससले २४ घण्टा समाचार दिने तैयारी गरिरहेको भन्दै अहिले राससले बिचारसोवा, नेपाली भाषा, अङग्रेजी, अडियो, भिडियो, फोटो र हालमा आवधी भाषा सुरु गरेको जानकारी दिदै अहिले बदलिदो अवस्थााम राससमा मैथिली भाषाको पनि कुरा चलिरहेकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । 
    नेपाल पत्रकार महासंघका अध्यक्षा श्रवणकुमार देवले राससले संघीयता अनुरुप यसबर्षदेखि जिल्ला÷जिल्लामा बार्षिकोत्सव मनाउन लागिएको भन्दै शुभकामना ब्यक्त दिए । उनले पत्रकारिता पेशा जिम्मेवार भएकाले पत्रकारहरुले सामाजिक परिर्वतनमा अहम भुमिका खेल्नुपर्ने उल्लेख गरे । अहिले डिजिटल युग भएकाले पत्रकारितामा पनि परिर्वतन हुनुपर्नेमा जोड दिदै उनले राससले पनि जालझैलबाट मुक्त भई निश्पक्ष समाचार सम्प्रेसन गर्नुपर्ने विचार राखे । 
    प्रेस स्वतन्त्रता सेनानी एवं बरिष्ठ पत्रकार बैधनाथ झाले पत्रकार जिम्मेवार हुनुपर्ने बताउदै भने, “रासस पहिला सरकारको मात्र समाचार दिन्थ्यो तर, अहिले युग परिर्वतन भएसंगै सामाजिक, राजनैतिक र समाजिक न्याय जस्ता समाचारहरु दिन थालिएकोमा खुशि छु ।”
    पत्रकार महासंघका सल्लाहकार मनोहर कुमार पोखरेलले राससले यस बर्ष जिल्ला जिल्लामा बार्षिकोत्सव मनाइरहेकोप्रति शुभकामना दिदै सधै सरकारको पक्षमा समाचार मात्र नभई बिपक्षको पनि समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । जिम्मेवार पत्रकार स्वतन्त्र पत्रकार भएर काम गर्नुपर्ने भन्दै उनले भ्रमपुर्ण समाचारका कारण पनि युटुवरहरुले गर्दा सामाजिक बिकृती बढिरहेको बताए । 
    मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झाले केही गैरपत्रकारको गैरकानुनी गतिविधिले समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्न लागेको भन्दै यसको रोकथामका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याए । उनले सक्रिय तथा क्रियाशील पत्रकारको सूची तयार गरी पत्रकार महासंघले जिल्लाका सबै कार्यालय र संघ संस्थामा विवरण पठाए त्यसबाट पनि धेरै हदसम्म विकृतिहरूको अन्त्य हुने विश्वास समेत व्यक्त गरे ।
    राससका पुर्व प्रतिनिधि राजेश कुमार झाले २०५६ सालदेखि राससमा काम गर्दा खेरी कुरियर र फयाक्सबाट समाचार पठाउनुपर्ने अवस्था रहेकोमा अहिलेको इमेल र बिभिन्न माध्यमहरुको बिकास भएका कारण पत्रकारितामा सहज भएको बताए ।  अहिले राससमा पहिलाको भन्दा धेरै बिकसीत भएर बिभिन्न भाषामा समाचार सम्प्रेसन भइरहेको बताउदै राससमा मैथिली भाषामा पनि समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिए ।
    प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देवले सरकारी मिडियाले महिलाहरुलाई पनि सहभागिता गराउनुपर्ने र सप्तरी जिल्लासहित मधेशका महिलाहरु अवसर नपाएका कारण पत्रकारितामा कमि आएको गुनासो पोखिन् । उनले सरकारी मिडियामा न्युन संख्यामा महिला देखिएपनि समाचारहरुमा पनि भेदभाव बढी देखिएको उल्लेख गरिन् ।
    प्रहरी नायव उपरिक्षक दुण्डीराज नेउपानेले राससले जनतालाई जिम्मेवारी बहन हुने खालको समाचार दिइरहेको भन्दै प्रहरी र पत्रकार नङ्ग र मासुको सम्बन्ध हुने भएकाले सप्तरी जिल्लालाई अपराध मुक्त बनाउनका लागि पत्रकारहरुले पनि सहयोग गनुपर्नेमा जोड दिए ।  
    कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले निस्पक्ष पत्रकारिता हुनुपर्नेमा जोड दिए ।
    रासस सप्तरीका कार्यालय प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राससका जिल्ला समाचारदाता अरुणकुमार यादव, नानिमैया कटवाल, सिरहाको लहान कार्यालयका प्रमुख सुदिप राउत, समाचारदाता लोकेन्द्र प्रसाद यादव लगायत बिभिन्न मिडियामा कार्यरत संचारकर्मी, राजनैतिक दलहरुका प्रतिनिधिहरु समेतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु
लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी