मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   

राजविराज राजविराज
|
सोमबार, बैशाख ४, २०८०
|
|
६६ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   

सारांश

  •     जिल्लाको खडक नगरपालिका १ सिस्वास्थित सोमबार भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन् ।
  •       उत्तरबाट दक्षिणतर्फ जादैँ गरेको स.
  • ७प.

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख । 

    सप्तरीको खडक नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटना एक महिला र बाबुछोरासहित तीन जना घाइते भएका छन् । 
    जिल्लाको खडक नगरपालिका १ सिस्वास्थित सोमबार भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन् । 
    उत्तरबाट दक्षिणतर्फ जादैँ गरेको स.७प.५८९७ नं. माटरसाइकलले स्थानिय २५ वर्षिया गिता देवी रामलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार आफ्नै घर अगाडी भैँसीका लागि पराल काटिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट राम बेहोस भएकोले कामना अस्पताल लहानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । 
    ठक्कर दिने मोटरसाइकल चालक स्थानिय २२ वर्षिय कासेन्दर राम फरार रहेकोले खोजिकार्य भइरहेको तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसअघि आइतबार जिल्लाकै कंचनरुप नगरपालिका १० बदगामामा नम्बर नखुलेको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । 
    पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्बतर्फ जादै गरेको प्र.२–०१–००३प.२६४४ नं. मोटरसाइकललाई नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा प्र.२–०१–००३प.२६४४ नं. को चालक अग्निसाईर कृष्णसवरण ६ बस्ने २५ वर्षिय सुमन परियार र पछाडी सवार उनका बुबा ५८ वर्षिय संतोष परियार घाइते भएका छन् । 
    दुबै जनालाई धर्मेश्वर अस्पताल ठेलियामा उपचार भईरहेको छ भने दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई फरार रहेका चालकको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ