दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ की २० बर्षीया कल्पना (नाम परिवर्तन) अहिले न्यायका लागि संचारकर्मी र अधिकारकर्मी हुँदै प्रहरीमा पुगेकी छिन् ।
उनी आफ्नो प्रेमी सोही वडाका २४ बर्षीय शिवजी खंगको चार महिनाको गर्भ समेत बोकेकी छिन् । विवाहको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी अहिले छाडेर हिडेपछि कल्पनाको विच्चली भएको हो ।
गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज आई पुगेकी कल्पनाले जिल्ला प्रहरी कार्यालयमा शिवजी र उनका अभिभावक विरुद्ध उजूरी दिएकी छिन् ।
हाल कक्षा १२ उत्तिर्ण गरेकी कल्पना कक्षा १० मै पढदै गरेका बेला शिवजी संग प्रेम सम्बन्धमा जोडिन पुगेको उजुरीमा उल्लेख गरेकी छिन् । सोही क्रममा विहेको प्रलोभन देखाई विगत ापस्दुई बर्ष देखि शिवजीले आफू संग जवरजस्ती शारीरिक सम्बन्ध कायम गरेको उनको कथन छ ।
स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भ बोकेको रिपोर्टले समेत देखाएको छ २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरि २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ ।
घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले कल्पनाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको कल्पनाको दुखेसो छ ।
अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेकाले बाध्यभई कानुनी उपचारमा जुटेको उनको कथन छ ।
घरमा अन्न नभएका कारण भोकभोकै बस्ने अवस्था आएपछि मंगलबार छिमेकी एकजना संग एकजार दुईसय रुपैया सापटी मागेर १० दिन जति पुग्ने चामल, दाल, च्यूरा, मुरही, मसला र तरकारी किनेर ल्याएको उनले सुनाईन् ।
प्रहरी उपरीक्षक खतिवडाले कल्पनाको समस्यालाई आफूले गभ्मिरतापुर्वक लिदै मातहतका प्रहरी निकायलाई शिवजी र उनका आफन्तको खोज तलाश गरि अविलम्ब झिकाउन निर्दैशन दिई सकिएको बताए । उनले यस्ता प्रकृतीका घट्ना समाजमा निकै बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस तर्फ बर्तमान पुस्ता र उनका अभिभावक सचेत हुनुपर्नेमा जोड समेत दिएका छन् । दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ की २० बर्षीया कल्पना (नाम परिवर्तन) अहिले न्यायका लागि संचारकर्मी र अधिकारकर्मी हुँदै प्रहरीमा पुगेकी छिन् ।
उनी आफ्नो प्रेमी सोही वडाका २४ बर्षीय शिवजी खंगको चार महिनाको गर्भ समेत बोकेकी छिन् । विवाहको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी अहिले छाडेर हिडेपछि कल्पनाको विच्चली भएको हो ।
गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज आई पुगेकी कल्पनाले जिल्ला प्रहरी कार्यालयमा शिवजी र उनका अभिभावक विरुद्ध उजूरी दिएकी छिन् ।
हाल कक्षा १२ उत्तिर्ण गरेकी कल्पना कक्षा १० मै पढदै गरेका बेला शिवजी संग प्रेम सम्बन्धमा जोडिन पुगेको उजुरीमा उल्लेख गरेकी छिन् । सोही क्रममा विहेको प्रलोभन देखाई विगत ापस्दुई बर्ष देखि शिवजीले आफू संग जवरजस्ती शारीरिक सम्बन्ध कायम गरेको उनको कथन छ ।
स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भ बोकेको रिपोर्टले समेत देखाएको छ २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरि २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ ।
घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले कल्पनाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको कल्पनाको दुखेसो छ ।
अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेकाले बाध्यभई कानुनी उपचारमा जुटेको उनको कथन छ ।
घरमा अन्न नभएका कारण भोकभोकै बस्ने अवस्था आएपछि मंगलबार छिमेकी एकजना संग एकजार दुईसय रुपैया सापटी मागेर १० दिन जति पुग्ने चामल, दाल, च्यूरा, मुरही, मसला र तरकारी किनेर ल्याएको उनले सुनाईन् ।
प्रहरी उपरीक्षक खतिवडाले कल्पनाको समस्यालाई आफूले गभ्मिरतापुर्वक लिदै मातहतका प्रहरी निकायलाई शिवजी र उनका आफन्तको खोज तलाश गरि अविलम्ब झिकाउन निर्दैशन दिई सकिएको बताए । उनले यस्ता प्रकृतीका घट्ना समाजमा निकै बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस तर्फ बर्तमान पुस्ता र उनका अभिभावक सचेत हुनुपर्नेमा जोड समेत दिएका छन् ।
चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
सारांश
- उनी आफ्नो प्रेमी सोही वडाका २४ बर्षीय शिवजी खंगको चार महिनाको गर्भ समेत बोकेकी छिन् ।
- विवाहको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी अहिले छाडेर हिडेपछि कल्पनाको विच्चली भएको हो ।
- गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज आई पुगेकी कल्पनाले जिल्ला प्रहरी कार्यालयमा शिवजी र उनका अभिभावक विरुद्ध उजूरी दिएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया