दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
३८ दिन अघि लागु औषधसहित पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरलाई पक्राउ गरेसँगै प्रहरीले थालेको अनुसन्धानका क्रममा सोही कार्यमा संलग्न रहेको आरोपमा स्वास्थ्य सहसंयोजकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ४५ वर्षिय बैजनाथ साह र बोदेबर्साइन नगरपालिका ५ का ३५ वर्षिय मो.जमामुद्धिन इराकी छन् ।
बोदेबर्साइन नगरपालिका ५ निवासी स्वास्थ्य शाखाका सहसंयोजक साह र सोही वडा निवासी इराकी समेतको लागु औषधको उक्त घटनामा संलग्नता रहेको खुलेको प्रहरीको भनाई छ ।
यसअघि गत असोज १२ गते बोदेवर्साइन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई प्रहरीले प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको थियो ।
स्वास्थ्य शाखा संयोजक ठाकुर चढेको लु.५५प.५४३९ नम्बरको मोटरसाईकलबाट स्थानिय शत्रुघन चौकमा चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याबलेट २७ र एस्पासमो ट्याबलेट १५ वटा बरामद गरेको थियो ।
प्रहरीले सप्तरी जिल्ला अदालतबाट लागु औषध मुदामा म्याद थप गराइ ठाकुरलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दै जादा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक साह र अर्का स्थानीयवासी इराकीको समेत संलग्नता देखिएपछि दुबै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखिएको तथा मंगलवार सप्तरी जिज्ला अदालतबाट म्याद थपी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ४५ वर्षिय बैजनाथ साह र बोदेबर्साइन नगरपालिका ५ का ३५ वर्षिय मो.
- जमामुद्धिन इराकी छन् ।
- बोदेबर्साइन नगरपालिका ५ निवासी स्वास्थ्य शाखाका सहसंयोजक साह र सोही वडा निवासी इराकी समेतको लागु औषधको उक्त घटनामा संलग्नता रहेको खुलेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया