दैनिक समाचारदाता
राजविराज, २० असार ।
सप्तरीको सुरुङ्गा नगरपालिका १ चहका टोलका ३३ बर्षिय जंगबहादुर पुलामीलाई आप्mनै आमाको खुकुरी प्रहार गरी विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।
जंगबहादुरले विहिबार साँझ आफ्नै ६४ बर्षिय आमा धनमायाको टाउँको, घाटी र अनुहारमा खुकुरी प्रहार गरी निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले जंगबहादुरलाई घरबाटै पक्राउ गरेको हो ।
आमाको हत्या गर्न प्रयोग गरेको रगत लतपतिएको २ थान खुकुरी पनि प्रहरीले घटना स्थलबाटै बरामद गरेको छ भने प्रारम्भिक बयानमै रिसले बहुला भएर हत्या गरेको जंगबहादुरले स्वीकारेको प्रहरीले जनाएको छ ।
आमालाई खुकुरीले आक्रमण गर्ने क्रममा अनियन्त्रीत भएका उनलाई पनि आफैले बोकेको खुकुरीबाट टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
अत्यधिक मदिरा सेवन गरी घर पुगेका छोरालाई सम्झाउने क्रममा एक्कासि आवेसमा आएका जंगबहादुरले घरमै राखिएको खुकुरीले अन्धाधुन्द प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले बताए ।
घटनास्थलमै मृत्यु भएका धनमायाको शव आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमका लागी लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा पु¥याइएको तथा शुक्रबार पोष्टमार्टम कार्य सकिएको उनले बताए ।
प्रहरीका अनुसार घटनाका दिन बिहान पनि जंगबहादुरले मदिरा सेवन गरेका थिए । उनले घरमा पालिएको दुई वटा कुखुरा मध्ये एउटा कुखुरा काटेर खान पकाउन बिहानै आमालाई भनेका थिए । छोराको आग्रहलाई पुरा गर्दै आमा धनमायाले तत्कालै कुखुरा काटेर खाना पनि पकाईदिईन । त्यही खाना खाएर फेरी रक्सी खान बाहिर निस्केका जंगबहादुर घर फर्केपछि आमाले सम्झाउँदा एक्कासि रिस र आवेसमा आएर अन्धाधुन्द खुकुरी प्रहार गरी आमाको हत्या गरे ।
घटनाका बेला धनमायाका पति लोकबहादुर रिचार्ज कार्ड लिन बजार तर्फ गएका थिए । धनमायाले बोक्ने मोबाईलमा पैसा सकिएपछि बजार गई रिचार्ज कार्ड किनेर घर फर्केका लोकबहादुर पत्नीलाई मृत अवस्थामा तथा छोराको दुवै हातमा रगतले लतपतिएको खुकुरी देखेर त्रसित भई ज्यान जोगाउन भागेका थिए ।
छिमेकसँगै प्रहरीलाई पनि जानकारी गराएपछि पुगेको प्रहरी टोलीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो । डिएसपी रिमालले यो अपत्यारिलो अपराधको घटना पत्याउनै पर्ने सत्य बनेको भन्दै लागू औषध र मदिरा विरुद्घ प्रहरीले चलाएको जनचेतना अभियानमा सवैले सहयोग गर्नुपर्नेमा जोड पनि दिए ।
पक्रउ परेका जंगबहादुरलाई शुक्रबारै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
सारांश
- जंगबहादुरले विहिबार साँझ आफ्नै ६४ बर्षिय आमा धनमायाको टाउँको, घाटी र अनुहारमा खुकुरी प्रहार गरी निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीले जंगबहादुरलाई घरबाटै पक्राउ गरेको हो ।
- आमाको हत्या गर्न प्रयोग गरेको रगत लतपतिएको २ थान खुकुरी पनि प्रहरीले घटना स्थलबाटै बरामद गरेको छ भने प्रारम्भिक बयानमै रिसले बहुला भएर हत्या गरेको जंगबहादुरले स्वीकारेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया