खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
५८ पटक हेरिएको
Shares
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक

सारांश

  •     जंगबहादुरले विहिबार साँझ आफ्नै ६४ बर्षिय आमा धनमायाको टाउँको, घाटी र अनुहारमा खुकुरी प्रहार गरी निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • प्रहरीले जंगबहादुरलाई घरबाटै पक्राउ गरेको हो ।
  •       आमाको हत्या गर्न प्रयोग गरेको रगत लतपतिएको २ थान खुकुरी पनि प्रहरीले घटना स्थलबाटै बरामद गरेको छ भने प्रारम्भिक बयानमै रिसले बहुला भएर हत्या गरेको जंगबहादुरले स्वीकारेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० असार । 
    सप्तरीको सुरुङ्गा नगरपालिका १ चहका टोलका ३३ बर्षिय जंगबहादुर पुलामीलाई आप्mनै आमाको खुकुरी प्रहार गरी विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । 
    जंगबहादुरले विहिबार साँझ आफ्नै ६४ बर्षिय आमा धनमायाको टाउँको, घाटी र अनुहारमा खुकुरी प्रहार गरी निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले जंगबहादुरलाई घरबाटै पक्राउ गरेको हो । 
    आमाको हत्या गर्न प्रयोग गरेको रगत लतपतिएको २ थान खुकुरी पनि प्रहरीले घटना स्थलबाटै बरामद गरेको छ भने प्रारम्भिक बयानमै रिसले बहुला भएर हत्या गरेको जंगबहादुरले स्वीकारेको प्रहरीले जनाएको छ । 
    आमालाई खुकुरीले आक्रमण गर्ने क्रममा अनियन्त्रीत भएका उनलाई पनि आफैले बोकेको खुकुरीबाट टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् । 
    अत्यधिक मदिरा सेवन गरी घर पुगेका छोरालाई सम्झाउने क्रममा एक्कासि आवेसमा आएका जंगबहादुरले घरमै राखिएको खुकुरीले अन्धाधुन्द प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले बताए । 
    घटनास्थलमै मृत्यु भएका धनमायाको शव आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमका लागी लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा पु¥याइएको तथा शुक्रबार पोष्टमार्टम कार्य सकिएको उनले बताए । 
    प्रहरीका अनुसार घटनाका दिन बिहान पनि जंगबहादुरले मदिरा सेवन गरेका थिए । उनले घरमा पालिएको दुई वटा कुखुरा मध्ये एउटा कुखुरा काटेर खान पकाउन बिहानै आमालाई भनेका थिए । छोराको आग्रहलाई पुरा गर्दै आमा धनमायाले तत्कालै कुखुरा काटेर खाना पनि पकाईदिईन । त्यही खाना खाएर फेरी रक्सी खान बाहिर निस्केका जंगबहादुर घर फर्केपछि आमाले सम्झाउँदा एक्कासि रिस र आवेसमा आएर अन्धाधुन्द खुकुरी प्रहार गरी आमाको हत्या गरे । 
    घटनाका बेला धनमायाका पति लोकबहादुर रिचार्ज कार्ड लिन बजार तर्फ गएका थिए । धनमायाले बोक्ने मोबाईलमा पैसा सकिएपछि बजार गई रिचार्ज कार्ड किनेर घर फर्केका लोकबहादुर पत्नीलाई मृत अवस्थामा तथा छोराको दुवै हातमा रगतले लतपतिएको खुकुरी देखेर त्रसित भई ज्यान जोगाउन भागेका थिए । 
    छिमेकसँगै प्रहरीलाई पनि जानकारी गराएपछि पुगेको प्रहरी टोलीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो । डिएसपी रिमालले यो अपत्यारिलो अपराधको घटना पत्याउनै पर्ने सत्य बनेको भन्दै लागू औषध र मदिरा विरुद्घ प्रहरीले चलाएको जनचेतना अभियानमा सवैले सहयोग गर्नुपर्नेमा जोड पनि दिए । 
    पक्रउ परेका जंगबहादुरलाई शुक्रबारै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी