दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
आँखा उपचार केन्द्र राजविराजले आँखाका रोगीहरुका लागि निशुल्क आँखा जाँच शिविरको आयोजना गरेको छ ।
नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार प्रणाली, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा राजविराज ९ मलेठस्थित रहेको आँखा उपचार केन्द्रमा आयोजना गरिएको निशुल्क शिविरमा २ सय ६२ जना आँखाका रोगीले सेवा लिएका छन् ।
शिविरमा आँखाको जाँच, मोतिबिन्दुका अप्रेसन गर्नुपर्ने विरामीहरुको छनौट, ल्याव परीक्षण, सुपथ मुल्यमा औषधी र चश्मा लगायतका सेवा उपलब्ध गराइएको आँखा उपचार केन्द्र राजविराजका प्रमुख डा. रामकुमार झाले जानकारी दिए ।
उनले सिबिएम जर्मनीको वित्तिय सहयोगमा आयोजित निशुल्क शिविरमा २६२ जना आँखाका रोगीहरुको जाँच गरिएकोमा त्यसमध्ये १ सय ३ जना मोतिबिन्दुको रोगी र ७ जना आँखामा मासु पलाएको रोगी भेटिएको बताए ।
मोतिबिन्दुको रोगीहरुलाई आँखाको अप्रेसनका लागि आँखा अस्पताल लहान पठाइएको र उनीहरुको अप्रेसन पनि भईसकेको डा. झाले जानकारी दिए ।
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
सारांश
- नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार प्रणाली, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा राजविराज ९ मलेठस्थित रहेको आँखा उपचार केन्द्रमा आयोजना गरिएको निशुल्क शिविरमा २ सय ६२ जना आँखाका रोगीले सेवा लिएका छन् ।
- शिविरमा आँखाको जाँच, मोतिबिन्दुका अप्रेसन गर्नुपर्ने विरामीहरुको छनौट, ल्याव परीक्षण, सुपथ मुल्यमा औषधी र चश्मा लगायतका सेवा उपलब्ध गराइएको आँखा उपचार केन्द्र राजविराजका प्रमुख डा.
- रामकुमार झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया