दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
सप्तरीको खडक नगरपालिका वडा नं. ७ कल्याणपुरका चर्चित मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै शुक्रबार पीडितहरुले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।
स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय पुगेर पीडितहरुले करिब एक घण्टा नाराबाजी समेत गरेका छन् ।
मिटरब्याजी प्रकरण अन्र्तगत ठगी तथा अपराधीक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत तीन महिनाको अवधीमा पीडितहरुले शुक्रबार १३ औं पटक प्रदर्शन गरेका हुन् ।
यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितीले १२ पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् ।
यता साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने तीन महिना अघि नै पक्राउ परी ठगी तथा अपराधीक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागी राजविराज कारागारमा छन् ।
सो मुद्दामा फरार रहेका साहलाई खोजी गर्न प्रहरीले लागिपरे पनि हालसम्म फेला नपरेको र लुकेर वसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोज तलास कार्य जारी राखेको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले बताएका छन् ।
साह परिवार माथी जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तीले लिएको ऋण र ब्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ ।
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी
सारांश
- स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय पुगेर पीडितहरुले करिब एक घण्टा नाराबाजी समेत गरेका छन् ।
- मिटरब्याजी प्रकरण अन्र्तगत ठगी तथा अपराधीक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत तीन महिनाको अवधीमा पीडितहरुले शुक्रबार १३ औं पटक प्रदर्शन गरेका हुन् ।
- यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितीले १२ पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया