दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
सप्तरीको उद्योग व्यवसाय धरासायी बन्न लागेको भन्दै उद्योगि व्यवसायीहरुले गुनासो गरेका छन् ।
उद्योग बाणिज्य संघ सप्तरीद्वारा बिहीबार आयोजित दशैं, तिहार, छठ र नेपाल सम्वत ११४५ को शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
आर्थिक मन्दी, बैंकको ब्याज, कच्चा पदार्थको अभाव, अव्यवहारिक मौद्रिक र कर नीति तथा बिटौरी, ब्लक र स्थानीय मार्गको मापदण्ड लगायत विभिन्न जग्गा रोक्का र फुकुवामा रोक लगायतका कारणले उद्योगी व्यवसाय धरापमा पर्दै गएको गुनासो गरेका हुन् ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानले राजविराज नगरपालिकामा मात्रै ६८ विगहा जती बिटौरी जग्गामा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ४ हजार ७ सय परिवार अझै लालपूर्जा पाउन नसक्दा समस्यामा परेका बेला बैंक र बित्तिय संस्थामा सो जग्गा धितो राखी ऋण कर्जा पाउन नसकेको बताए ।
उनले बिटौरी, ब्लक र स्थानीय मार्ग मापदण्ड लगायतका जग्गा रोक्का, फुकुवा र नक्शा पासमा वर्षौदेखी रोक लगाइएका कारण त्यस्ता जग्गामा बसोवास गर्ने र व्यापार, व्यवसाय संचालन गर्ने व्यवसायीहरु मारमा परेको उल्लेख गरे ।
उनले संकट परेको बेला कुनै कुनै व्यक्तिले उद्योगि व्यवसायीसँग सापटी लिने र पछिगएर पैसा पचाउने नियतले अहिले आएर प्रहरी प्रशासनमा मिटरब्याजीको नाममा निवेदन दिएर फसाउन खोजेको भन्दै यसतर्फ पनि गम्भिरतापूर्वक ध्यान दिइनु पर्ने प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीको ध्यानाकर्षण गराए ।
सोही कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालल बैंकको ब्याज, कच्चा पदार्थको अभाव, जिर्ण बाटोघाटो, अव्यवहारीक कर लगायतका कारणले यहाँका उद्योगि व्यवसायीहरु घरवार बेचेर पलायन हुन थालेको बताए । उनले उद्योग व्यवसाय नचल्दा एकातिर बजारमा एकपछि अर्को पसलहरु बन्द हुन थालेको र अर्कोतिर अब्यवाहरीक कर, बजार अनुगमनको नाउँमा व्यापारीलाई कारोबारमै असर पर्नेगरि ठूलो रकम जरिवाना तिनुपरेको बताए ।
उनले ब्यापार व्यवसाय चौपट बन्दै गएको बेला बैंकले पनि ऋण र ब्याज चुक्ताका लागि मानसिक, आर्थिक र सामाजिक तनाव दिन थालेपछि यहाँका उद्योगि व्यवसायी गम्भिर समस्यामा परेको बताए ।
कार्यक्रममा संघका महासचिव अमृत संचेती, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले शुभकामनासहित उद्योगि व्यवसायीहरुको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी मंग्रातीले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
सारांश
- उद्योग बाणिज्य संघ सप्तरीद्वारा बिहीबार आयोजित दशैं, तिहार, छठ र नेपाल सम्वत ११४५ को शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
- आर्थिक मन्दी, बैंकको ब्याज, कच्चा पदार्थको अभाव, अव्यवहारिक मौद्रिक र कर नीति तथा बिटौरी, ब्लक र स्थानीय मार्गको मापदण्ड लगायत विभिन्न जग्गा रोक्का र फुकुवामा रोक लगायतका कारणले उद्योगी व्यवसाय धरापमा पर्दै गएको गुनासो गरेका हुन् ।
- कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानले राजविराज नगरपालिकामा मात्रै ६८ विगहा जती बिटौरी जग्गामा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ४ हजार ७ सय परिवार अझै लालपूर्जा पाउन नसक्दा समस्यामा परेका बेला बैंक र बित्तिय संस्थामा सो जग्गा धितो राखी ऋण कर्जा पाउन नसकेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया