अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
४६ पटक हेरिएको
Shares
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ

सारांश

  •     यसैक्रममा मंगलबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल बिधुत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत हुकिङ गरि चोरेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ ।
  • यो संगै एक महिनाको अवधीमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय १४ पुगेको छ ।
  •       प्रहरीका अनुसार तिलाठी कोईलाडि ६ निवासी ५५ वर्षिय लक्ष्मी यादव, १८ वर्षिय राजेश यादव, १५ वर्षिय कृष्ण कुमार यादव, ५५ वर्षिय जोगिन्द्र यादव तथा हनुमाननगर कंकालिनी ६ का ३० वर्षिय बिक्रम मण्डल, ५४  वर्षिय बद्रि प्रसाद मण्डल र ५१ वर्षका राम कुमार मण्डललाई नियन्त्रणमा लिइएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 

    विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले अनाधिकृत रुपमा प्रयोग भइरहेको बिधुत नियन्त्रणका लागि चलाएको अभियान अन्तरगत दिनहु मानिसहरु पक्राउ पर्दैछन् । 
    यसैक्रममा मंगलबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल बिधुत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत हुकिङ गरि चोरेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ । यो संगै एक महिनाको अवधीमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय १४ पुगेको छ । 
    प्रहरीका अनुसार तिलाठी कोईलाडि ६ निवासी ५५ वर्षिय लक्ष्मी यादव, १८ वर्षिय राजेश यादव, १५ वर्षिय कृष्ण कुमार यादव, ५५ वर्षिय जोगिन्द्र यादव तथा हनुमाननगर कंकालिनी ६ का ३० वर्षिय बिक्रम मण्डल, ५४  वर्षिय बद्रि प्रसाद मण्डल र ५१ वर्षका राम कुमार मण्डललाई नियन्त्रणमा लिइएको हो । 
    सबै जना प्राधिकरणको विद्युतिय पोलमा हुकिङ्ग गरी घरमा चोरीको विद्युत प्रयोग गरीरहेको अवस्थामा पक्राउ परेको वितरण केन्द्रका प्रमुख मधुसुधन यादवले जानकारी दिएका छन् । पक्राउ परेकाहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सय जरिवाना वसुल तथा अब उप्रान्त विद्युत चोरी न गर्ने सचेत गराई मात्र छाडिने प्रहरीले जनाएको छ । 
    विषेश गरी ग्रामिण क्षेत्रमा विद्युतिय पोलमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने काम बढेको सूचना आउन थालेपछी नियन्त्रणका लागी सशस्त्र र नेपाल प्रहरीको सहयोगमा “विद्युत चुहावट नियन्त्रण अभियान” नै चलाइएको प्राधिकरणले जनाएको छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
भन्सार नीति बिरुद्ध धर्ना
भन्सार नीति बिरुद्ध धर्ना
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन