दैनिक समाचारदाता
राजविराज, २० असोज ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते राजविराज र झुम्का कारागारबाट फरार भएका मध्ये ८ जना कैदीबन्दीले सोमबार आत्मसमर्पण गरेका छन् । एक जना फरार कैदीबन्दीलाई भने प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
दुबै कारागारबाट भागेको २५ दिनपछि उनीहरु आफै राजविराज कारागार पुगेर कारागार प्रशासन समक्ष आत्मसमर्पण गरेका हुन् ।
कारागार कार्यालय सप्तरीमा बन्दी जिवन बिताइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका २ निवासी ५२ वर्षिय भोलाप्रसाद यादव, महादेवा गाउँपालिका ४ निवासी २४ वर्षिय शत्रुधन मुखिया, डाक्नेश्वरी नगरपालिका ७ निवासी २१ बर्षीय प्रकाश चौधरी, सोही पालिकाको वडा नम्बर १ बस्ने ५० बर्षीय राजनारायण साह, राजविराज नगरपालिका १२ का २२ बर्षीय अरुणकुमार यादव र राजगढ गाउँपालिका १ निवासी ४१ बर्षीय रामानन्द यादवले आत्मसमर्पण गरेका छन् ।
यस्तै जेनजी आन्दोलनकै क्रममा भदौ २५ गते नै सुनसरीको झुम्का कारागारबाट फरार भएका सप्तरीको कञ्चनरुप नगरपालिका ७ का ३७ बर्षीय पशुपति भन्ने पुष्कर महतो र सोही पालिकाको वडा नम्बर ४ बस्ने ३९ बर्षीय अमरनाथ विश्वासले पनि आत्मसमर्पण गरेका छन् ।
यस्तै कारागार कार्यालय सप्तरीबाट फरार भएका रुपनी गाउँपालिका २ निवासी २४ बर्षीय २४ कुम्भकर्ण सदालाई सोमबार नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कारागार प्रशासनले यसअघि एक सुचना जारी गर्दै फरार भएका कैदी बन्दीलाई २०८२ असोज २० गते सम्म फर्कि नआए कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप सजाय हुने जनाएको थियो ।
तोकिएको समयसिमाको अवधिमा ८ जना आफै कारागारमा उपस्थित भएको जेलर गंगालाल योगीले जानकारी दिर्दै आफै हाजिर भएर ती कैदीबन्दीहरुले इमान्दार चरित्र देखाएको बताए ।
गत भदौ २५ गते कारागारमा तोडफोड र आगजनी गर्दै २ सय ५ कैदीबन्दी फरार भएका थिए । जसअध्ये अहिले सम्म १ सय १३ जना कैदीबन्दीलाई फिर्ता आइसकेको छ भने दुईजना फरार रहेकै अवस्थामा झुण्डिएर आत्महत्या गरेका छन् ।
कारागारबाट फरार भएका मध्ये ९२ जना अझै सम्पर्कमा नआएको र उनीहरुको व्यापक रुपमा खोजतलाश कार्य भई रहेको प्रहरीले जनाएको छ ।
कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
सारांश
- दुबै कारागारबाट भागेको २५ दिनपछि उनीहरु आफै राजविराज कारागार पुगेर कारागार प्रशासन समक्ष आत्मसमर्पण गरेका हुन् ।
- कारागार कार्यालय सप्तरीमा बन्दी जिवन बिताइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका २ निवासी ५२ वर्षिय भोलाप्रसाद यादव, महादेवा गाउँपालिका ४ निवासी २४ वर्षिय शत्रुधन मुखिया, डाक्नेश्वरी नगरपालिका ७ निवासी २१ बर्षीय प्रकाश चौधरी, सोही पालिकाको वडा नम्बर १ बस्ने ५० बर्षीय राजनारायण साह, राजविराज नगरपालिका १२ का २२ बर्षीय अरुणकुमार यादव र राजगढ गाउँपालिका १ निवासी ४१ बर्षीय रामानन्द यादवले आत्मसमर्पण गरेका छन् ।
- यस्तै जेनजी आन्दोलनकै क्रममा भदौ २५ गते नै सुनसरीको झुम्का कारागारबाट फरार भएका सप्तरीको कञ्चनरुप नगरपालिका ७ का ३७ बर्षीय पशुपति भन्ने पुष्कर महतो र सोही पालिकाको वडा नम्बर ४ बस्ने ३९ बर्षीय अमरनाथ विश्वासले पनि आत्मसमर्पण गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया