दैनिक समाचारदाता
राजविराज, २ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा खटाईने निर्वाचन प्रहरी भर्नाका लागि सप्तरीमा ७ हजार ४ सय ४४ जनाले आवेदन दिएका छन् । यो माग अनुसार झण्डै दोब्बरको संख्या हो । जिल्लामा ४ हजार २ सय २२ निर्वाचन प्रहरीको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार निर्वाचन प्रहरी भर्नाको आवेदन दिने अन्तिम दिन विहीवार माघ १ गते सम्म ६ हजार ५ पुरुष तथा १ हजार ४ सय ३९ महिला गरी कुल ७ हजार ४ सय ४४ जनाले आवेदन दिएका छन ।
जिल्ला निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै ४ हजार २ सय २२ निर्वाचन प्रहरी परिचालन गर्ने तयारी छ ।
प्रहरी नायब उपरिक्षक पुरीले निर्वाचन प्रहरीको छनौट प्रक्रिया माघ ५ गते देखि माघ ९ गते सम्म चल्ने छ । माघ १२ गते नतिजा प्रकाशित र त्यसपछि छनौटमा परेकाहरुलाई माघ १५ देखी माघ २४ गते सम्म आवश्यक तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाईने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छायस् । यो सँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रियामा १८ वर्ष पुरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिएका छन् ।
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार निर्वाचन प्रहरी भर्नाको आवेदन दिने अन्तिम दिन विहीवार माघ १ गते सम्म ६ हजार ५ पुरुष तथा १ हजार ४ सय ३९ महिला गरी कुल ७ हजार ४ सय ४४ जनाले आवेदन दिएका छन ।
- जिल्ला निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै ४ हजार २ सय २२ निर्वाचन प्रहरी परिचालन गर्ने तयारी छ ।
- प्रहरी नायब उपरिक्षक पुरीले निर्वाचन प्रहरीको छनौट प्रक्रिया माघ ५ गते देखि माघ ९ गते सम्म चल्ने छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया