दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
राजविराजबाट श्रोत नखुलेको रकमसहित पक्राउ परेका एक व्यापारीलाई अदालतले अनुसन्धानका लागि मंगलबार पुनः सात दिनको म्याद थपेको छ ।
राजविराज ७ निवासी ३५ बर्षीय महेन्द्र साहलाई अदालतले बैंक तथा वित्तिय कारोवार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत दोस्रो पटक सात दिने म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको हो ।
पहिलो पटक सोही दिन बैंक तथा वित्तिय कारोबार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत प्रहरीले अनुसन्धान गर्न ७ दिने म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
साह किराना व्यवसायी हुन् । उनलाई पुस ४ गते प्रहरीले श्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँ सहित पक्राउ गरेको थियो । राजविराज ७ सिरहा रोड घर भएका साहको सप्तरीकै विष्णुपुर गाउँपालिकामा किराना पसल संचालनमा रहेको छ ।
हुण्डी कारोबार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले राजविराज ७ स्थित साहको कोठाबाट स्रोत नखुलेको उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान प्रक्रिया जारि नै रहेकोले दोस्रो पटक म्याद थप गराईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ, अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो
सारांश
- राजविराज ७ निवासी ३५ बर्षीय महेन्द्र साहलाई अदालतले बैंक तथा वित्तिय कारोवार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत दोस्रो पटक सात दिने म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको हो ।
- पहिलो पटक सोही दिन बैंक तथा वित्तिय कारोबार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत प्रहरीले अनुसन्धान गर्न ७ दिने म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
- साह किराना व्यवसायी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया