सक्षम परियोजनाको कार्ययोजना तथा रणनीति बारे समीक्षा गोष्ठी

राजविराज राजविराज
|
सोमबार, मंसिर १५, २०७७
|
|
४३ पटक हेरिएको
Shares
सक्षम परियोजनाको कार्ययोजना तथा रणनीति बारे समीक्षा गोष्ठी

सारांश

  •     कोशी पीडित समाजको आयोजना तथा एलडब्लुआरको सहकार्य र युएसआईडीको सहयोगमा र सक्षम परियोजनाको भावी योजना तथा रणनीति बारे सो गोष्ठीमा छलफल गरिएको हो ।
  •     परियोजनाले बाढी प्रभाबित क्षेत्र हनुमाननगर कंकालनी नगरपालिकाको वडा १, ११, १४, तिलाठी कोईलाडी गाउपालिकाको १, २, ३, ४, र ५ कंचनरूप नगरपालिकाको १, ४, ५ तथा सप्तकोशी नगरपालिकाको १, २, ६, र ७ मा संचालन गरिने केभिएसका निर्देशक देव नारायण यादबले जानकारी दिएका छन् ।
  •     सक्षम परियोजनाले सप्तरीका ४ पालिकामा २ करोड ४१ बरावरको सहयोगमा बाढी प्रभाबित क्षेत्रमा जोखिम ब्यबस्थापन नीति तथा अभ्यास, जिविकोपार्जन र खाध सम्प्रभुता र आर्थिक पुर्नलाभ र बजार ब्यबस्थापन बारेमा कार्यक्रम संचालन गरिने परियोजना संयोजक श्रवण कुमार चौधरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    बिपद उत्थानशिल समुदायका लागी स्थानिय शुसासन (सक्षम) परियोजनाको भावी कार्ययोजना तथा रणनीति बारे सोमबार समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।
    कोशी पीडित समाजको आयोजना तथा एलडब्लुआरको सहकार्य र युएसआईडीको सहयोगमा र सक्षम परियोजनाको भावी योजना तथा रणनीति बारे सो गोष्ठीमा छलफल गरिएको हो ।
    परियोजनाले बाढी प्रभाबित क्षेत्र हनुमाननगर कंकालनी नगरपालिकाको वडा १, ११, १४, तिलाठी कोईलाडी गाउपालिकाको १, २, ३, ४, र ५ कंचनरूप नगरपालिकाको १, ४, ५ तथा सप्तकोशी नगरपालिकाको १, २, ६, र ७ मा संचालन गरिने केभिएसका निर्देशक देव नारायण यादबले जानकारी दिएका छन् ।
    सक्षम परियोजनाले सप्तरीका ४ पालिकामा २ करोड ४१ बरावरको सहयोगमा बाढी प्रभाबित क्षेत्रमा जोखिम ब्यबस्थापन नीति तथा अभ्यास, जिविकोपार्जन र खाध सम्प्रभुता र आर्थिक पुर्नलाभ र बजार ब्यबस्थापन बारेमा कार्यक्रम संचालन गरिने परियोजना संयोजक श्रवण कुमार चौधरीले जानकारी दिए ।
    सो अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बाढी प्रभाबित क्षेत्रका स्थानियहरूको जिविकोपार्जनमा बिबिधिकरण खोजने भएकोले सिलाई कटाई, बजारीकरण, कृषि, पशुको बिमा, कृषकहरूको आबश्यकता अनुसारको कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।
    बाढी संकटको ब्यबस्थापनको लागि प्रत्येक पालिकामा समुदाय भवन, हेलीप्याडको ब्यबस्थापन, र स्थानिय बिपद सिकाई केन्द्रको स्थापना गर्न स्थानिय निकायका प्रमुखहरूलाई उनले आग्रह समेत गरे । 
    सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादब, हनुमाननगर कंकालनी नगरपालिका उपप्रमुख सरिता यादब, तिलाठी कोईलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादब, प्रमुख प्रशासकिय अधिकृत केशव झा, गैसस अध्यक्ष शम्भुनदन चौधरी, एलडब्लुआरका परियोजना ब्यबस्थापक राकेश कुमार साह, तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, वडा २ का अध्यक्ष खगेन्द्र मण्डल, हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १४ अध्यक्ष सत्य नारायण यादब, तिलाठी कोईलाडी गाउपालिका कृषि शाखा प्रमुख उदयकान्त झा, पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, केभिएसका सुकदेव चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
ट्रकले लियो पति पत्नीको ज्यान
ट्रकले लियो पति पत्नीको ज्यान
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा 
राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा 
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता 
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता