प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 

सारांश

  •     आगामी पुस ११ गतेदेखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता तथा दाङको लमहीमा हुने राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागि हुन सप्तरीका क्रिकेट खेलाडीहरुको छनौट सुरु भएको छ ।
  •       विगत तीन दिनदेखी राजविराजस्थित राजरंगशालामा पुरुषतर्फको तथा सुरुङा नगरपालिकाको कुशहास्थित श्री मसिलाल माविको खेलमैदानमा महिलातर्फको छनौट र बन्द प्रशिक्षण सुरु भएको क्रिकेटका प्रशिक्षक राजकुमार दासले जानकारी दिएका छन् ।
  •       राजरंगशालामा सुरु भएको पुरुषतर्फको बन्द प्रशिक्षणमा राष्ट्रिय खेलाडी महबुब आलम, रोहन बिक।

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 
    सप्तरीमा आठ महिनापछि खेलकुद गतिविधी सुरु भएको छ । कोरोना महामारीका कारण लामो समयदेखी ठप्प रहेको खेलकुद गतिबिधि आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै संचालनमा आएको हो ।
    आगामी पुस ११ गतेदेखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता तथा दाङको लमहीमा हुने राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागि हुन सप्तरीका क्रिकेट खेलाडीहरुको छनौट सुरु भएको छ । 
    विगत तीन दिनदेखी राजविराजस्थित राजरंगशालामा पुरुषतर्फको तथा सुरुङा नगरपालिकाको कुशहास्थित श्री मसिलाल माविको खेलमैदानमा महिलातर्फको छनौट र बन्द प्रशिक्षण सुरु भएको क्रिकेटका प्रशिक्षक राजकुमार दासले जानकारी दिएका छन् । 
    राजरंगशालामा सुरु भएको पुरुषतर्फको बन्द प्रशिक्षणमा राष्ट्रिय खेलाडी महबुब आलम, रोहन बिक। रोहित सिंह, प्रशान्त सिंह, अनिल यादवसहित ७५ जना खेलाडीहरु सहभागि भएका छन् भने कुशहास्थित खेलमैदानमा सुरु भएको महिलातर्फको बन्द प्रशिक्षणमा ३८ जना खेलाडी सहभागि छन् । 
    मंसिर भित्र छनौट गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षकमा राजकुमार दास र धर्मेन्द्र चौधरीले आवश्यक स्वास्थ्य सावधानी अपनाई प्रशिक्षण दिइरहेको क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवको भनाई छ ।     
    आठ महिना ढिलो भएपनि खेल मैदानमा उत्रिन पाउँदा खेलाडी निकै खुशी र उत्साहित देखिएका छन् । बन्द प्रशिक्षणमा सहभागि राष्ट्रिय खेलाडी रोहित सिंहले भने, ढिलै भएपनि खेल मैदानमा उत्रिन पाउँदा निकै खुशी लागेको छ । 
     अर्का राष्ट्रिय खेलाडी रोहन बिकले कोरोना महामारी जोखिमकाबीच नयाँ तरिकाले प्रशिक्षणमा सहभागि भएको बताउँदै राष्ट्रिय स्तरको प्रतियागितामा उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यका साथ कडा महिनेत गरिरहेको सुनाए । 
    यसरी बन्द प्रशिक्षणबाट अन्तिम छनौटबाट परेकाहरु प्रदेश स्तरमा हुने प्रतिस्पर्धामा सहभागि हुने र त्यहाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउने क्रिकेट संघ सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु