स्थापनाको ५० वर्षको अवसरमा  राजदेवी माविले स्वर्ण जयन्ती मनाउने

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
२० पटक हेरिएको
Shares
स्थापनाको ५० वर्षको अवसरमा  राजदेवी माविले स्वर्ण जयन्ती मनाउने

सारांश

  • आउँदो फागुन ७, ८ र ९ गते तीन दिनसम्म मनाउन लागिएको स्वर्ण जयन्ती समारोहलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी स्वरूप बिहीबार स्वर्ण जयन्ती मूल समारोह समितिले पूर्वविद्यार्थीहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
  • छलफलमा प्रमुख सल्लाहकार समिति एवं पूर्वविद्यार्थी तथा पूर्वमन्त्री उमेश यादवले स्वर्ण जयन्तीलाई ऐतिहासिक र स्मरणीय बनाउन सबै पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरे ।
  • उनले विद्यालयको गौरव र योगदानलाई उजागर गर्ने अवसरका रूपमा स्वर्ण जयन्तीलाई लिनुपर्ने बताए ।
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर । 
राजविराजस्थित राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालय स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ ।
आउँदो फागुन ७, ८ र ९ गते तीन दिनसम्म मनाउन लागिएको स्वर्ण जयन्ती समारोहलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी स्वरूप बिहीबार स्वर्ण जयन्ती मूल समारोह समितिले पूर्वविद्यार्थीहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
छलफलमा प्रमुख सल्लाहकार समिति एवं पूर्वविद्यार्थी तथा पूर्वमन्त्री उमेश यादवले स्वर्ण जयन्तीलाई ऐतिहासिक र स्मरणीय बनाउन सबै पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरे । उनले विद्यालयको गौरव र योगदानलाई उजागर गर्ने अवसरका रूपमा स्वर्ण जयन्तीलाई लिनुपर्ने बताए ।
सो छलफलमा स्वर्ण जयन्ती मूल समारोह समितिका अध्यक्ष भन्नालाल यादवले विद्यालयका संस्थापक प्रधानाध्यापक डा. चुरामणि दत्तको शालिक स्थापना गर्नुका साथै अवकाश प्राप्त प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको जानकारी दिए । उनले समारोहलाई सफल बनाउन सबै पक्षसँग सहयोग र सहकार्यको अपेक्षा गरिएको बताए ।
विद्यालयको गौरवपूर्ण इतिहास, शैक्षिक योगदान र भावी योजनालाई स्मरण गर्ने महत्वपूर्ण अवसरका रूपमा स्वर्ण जयन्ती भब्यरूपमा मनाउन सबैले आ–आप्mनो ठाउँबाट सहयोग गर्नुपर्ने पूर्वविधार्थी तथा अवकास प्राप्त अधिकृत सुभाष मण्डलले बताए ।
पूर्व बिधार्थीहरूलाई स्वर्ण जयन्ती समारोहको तयारी गर्न परिचालन गर्नुुपर्ने पूर्वबिधार्थी तथा यूवा नेता दिपेन्द्र चौधरी लगायतले सुझाव दिएका थिए ।
वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालयले लामो शैक्षिक इतिहासमा जिल्लाका थुप्रै दक्ष, योग्य र उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको छ । विद्यालयका पूर्वविद्यार्थीहरू राज्यका विभिन्न निकाय तथा महत्वपूर्ण पदमा रहेर योगदान पु¥याउँदै आएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव
मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो