सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी

सारांश

  •     राजविराज ७ निवासी राधाकृष्ण निर्माण सेवाका प्रोपराइटर कौशल्या कुमारी रजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ती कार्यालयले विभिन्न वहाना देखाउँदै भुक्तानी दिन आलटाल गरेपछि आफू निकै समस्यामा परेको गुनासो गरेका छन् ।
  • उनले काम गरेको भुक्तानी समयमा नपाउँदा आफ्नो परिवार आर्थिक, सामाजिक तथा मानसिक तनाव खेप्न बाध्य भएको बताएका छन् ।
  •       उक्त निर्माण कम्पनीका निर्देशन बिनोद साफीले मधेश प्रदेश सरकारको बजेटबाट भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको प्रशासनिक भवन निर्माण कार्यको लागि २०८० बैशाख २६ गते सम्झौता भएको र बैशाख २९ गते कामका लागि कार्यादेश समेत पाएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 

    सप्तरीका एक निर्माण व्यवसायी कम्पनी सम्झौता अनुसार एक सरकारी कार्यालय भवन निर्माणको काम गर्दा पनि भुक्तानी पाउनबाट बञ्चित भएका छन् । 
    राजविराज ७ निवासी राधाकृष्ण निर्माण सेवाका प्रोपराइटर कौशल्या कुमारी रजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ती कार्यालयले विभिन्न वहाना देखाउँदै भुक्तानी दिन आलटाल गरेपछि आफू निकै समस्यामा परेको गुनासो गरेका छन् । उनले काम गरेको भुक्तानी समयमा नपाउँदा आफ्नो परिवार आर्थिक, सामाजिक तथा मानसिक तनाव खेप्न बाध्य भएको बताएका छन् । 
    उक्त निर्माण कम्पनीका निर्देशन बिनोद साफीले मधेश प्रदेश सरकारको बजेटबाट भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको प्रशासनिक भवन निर्माण कार्यको लागि २०८० बैशाख २६ गते सम्झौता भएको र बैशाख २९ गते कामका लागि कार्यादेश समेत पाएको जानकारी दिए ।
    सम्झौता अनुसार पहिलो चरणको ग्राउण्ड लेभलको काम पुरा गरेपछि २०८० असार मसान्तमा निर्माण कम्पनीले मुल्य अभिबृद्धि कर कटाएर ४५ लाख भुक्तानी पनि पाएका थिए । 
    त्यसपछि पहिलो तल्लाको गरिएको निर्माण कार्यको रकम भने विभिन्न बहानामा रोकिएको निर्माण कम्पनीका निर्देशक साफीको भनाई छ । “दोश्रो चरणमा तोकिएको समय सीमा भित्रै पहिलो तल्लाको भवन निर्माणको काम पनि सक्यौं, निर्देशक साफीले भने, “तर, त्यसमा लागेको खर्च ६६ लाख २६ हजार ५ सय ४२ रुँपैया हालसम्म भुक्तानी पाउन सकेका छैनौं ।”
    उनले दोश्रो चरणको काम सकिएको भन्दै प्राविधिक रिपोर्ट लगायतका अन्य आवश्यक सबै विवरणसहितको कागजात उपलब्ध गराएपछि तत्कालिन प्रमुख झाले भुक्तानीका लागि तोक लगाएको र उनको सोही समयमा अन्यत्र सरुवा भएपछि लेखापाल र नयाँ आएका कार्यालय प्रमुख शंकर साहले विभिन्न वहाना देखाउँदै भुक्तानी रोकेको बताए । उनले बहुवर्षिय योजना बमोजिम समयमै काम सम्पन्न गर्दै जाँदा पनि भुक्तानी रोकिनुले निर्माण कम्पनीको ठूलो लगानी फसेर अन्य कामकाज समेत प्रभावित बन्न पुगेको बताए । 
    समयमा काम गरेको रकम नपाउँदा भवन निर्माणको थप काम समयमै सम्पन्न गर्न कठिनाई भएको भन्दै निर्माण कम्पनीले सोबाट हुने क्षति समेतको जिम्मेवार कार्यालय नै हुने भनी पटक पटक उक्त कार्यालयका साथै मधेश प्रदेशको भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्थानिय प्रशासनलाई पनि लिखित र मौखिक जानकारी गराई सकेको उनले जानकारी दिएका छन् । 
    यस सम्बन्धमा निर्माण व्यवसायी सप्तरीका अध्यक्ष सतिशचन्द्र मिश्रले काममा लगाएर यसरी निर्माण व्यवसायीको लगानी रोकेर राख्नु उचित नभएको बताएका छन् । उनले उक्त निर्माण कम्पनीले निर्धारित समयमै सम्पन्न गरेको कामको पैसा अविलम्ब पाउनु पर्ने भन्दै यसका लागि संघले पनि पहल थालेको बताए ।
    यता भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका प्रमुख शंकर साहले अहिलेसम्म भएका निर्माण कार्यको रकम सम्बन्धीत निर्माण कम्पनीले पाउनु पर्ने पक्षमा आफू पनि रहेको भएपनि केही कारणले भुक्तानीमा समस्या भएको जनाएका छन् । 
    “एकातिर गत वर्ष महालेखा परिक्षकको अडिट रिपोर्टमा उक्त निर्माण कार्यमा केही त्रृटीहरु देखाइएको छ, अर्कोतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको अवस्था छ, उनले भने, “बहुवर्षिय योजनालाई भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत अर्थ मन्त्रालयमार्फत पूर्व स्वीकृती गराइनु पर्ने प्रावधान पनि पुरा गरेको देखिएन्, यी लगायतका कारणले भुक्तानीमा ढिलाई भएको हो ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
साइकलसहित युवक खोला किनारमा मृत फेला
साइकलसहित युवक खोला किनारमा मृत फेला
सडक निर्माणको माग गर्दै सडक जाम
सडक निर्माणको माग गर्दै सडक जाम
छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 
छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 
काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश
काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु