दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीमा आत्महत्याका घटना बढेका छन् । चालु आर्थिक वर्षको २०७५ साउनदेखी हालसम्मको अवधीमा जिल्लामा ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
जस मध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ । प्रहरी तथ्याङ्क अनुसार १० देखी २२ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छ ।
सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता भावेष रिमालका अनुसार गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो । सो अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् । त्यस्तै चैतदेखी असार १५ गते सम्ममा ३ पुरुष र ४ महिला गरि ७ जनाले विषसेवन तथा २४ जनाले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
पारिवारिक कलह, प्रेममा धोका, बेरोजगारी, परिक्षामा असफलता, मानसिक तनाव, एक्लोपना, बैदेशिक रोजगारी, आर्थिक विपन्नता लगायतका कारणले आत्महत्या गर्नेको संख्या वर्षेणी बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भावेष रिमालको भनाई छ । आत्महत्या गर्नेले बढी घाँटीमा पासो लगाई झुण्डिने गर्ने गरेको पाइएको छ भने त्यसपछि विष सेवन, जिउमा आगो लगाउने र पानीमा हामफल्ने लगायतका विधि अपनाउने गरेको पाइएको उनको भनाई छ ।
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सारांश
- जस मध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ ।
- प्रहरी तथ्याङ्क अनुसार १० देखी २२ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छ ।
- सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता भावेष रिमालका अनुसार गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया