दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सात वर्षपछि राजविराजमा पहिलो पटक प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन हुदैछ । लामो समयदेखी कुनै फुटबल प्रतियोगिता नभएको राजविराजस्थित राजरंगशालामा असार ९ देखी प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन हने भएको हो ।
जिल्ला सदरमुकाम राजविराजमा क्रिकेट प्रतियोगिता वर्षै पिच्छे हुने गरे पनि झण्डै ७ वर्षपछि स्तरिय फुटबल प्रतियोगिता हुने कुराले नगरवासीमा उत्साह छाएको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले सुनाए ।
प्रतियोगिता भव्य र सभ्य बनाउन सबै मिलेर लागिपरेको बताउँदै अध्यक्ष परियारले वर्षौपछि हुन लागेको प्रतियोगिता सफल बनाउन मैदान र मञ्च चिटिक्क पार्न लागेका बताए ।
सात दिनसम्म चल्ने प्रतियोगितामा आयोजक सप्तरीसहित सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी र उदयपुरका गरि ८ क्लब प्रतिस्पर्धी हुदैछन् । प्रतियोगिताको मुख्य प्रायोजन राजविराज नगरपालिकाले गरेको छ ।
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
सारांश
- जिल्ला सदरमुकाम राजविराजमा क्रिकेट प्रतियोगिता वर्षै पिच्छे हुने गरे पनि झण्डै ७ वर्षपछि स्तरिय फुटबल प्रतियोगिता हुने कुराले नगरवासीमा उत्साह छाएको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले सुनाए ।
- प्रतियोगिता भव्य र सभ्य बनाउन सबै मिलेर लागिपरेको बताउँदै अध्यक्ष परियारले वर्षौपछि हुन लागेको प्रतियोगिता सफल बनाउन मैदान र मञ्च चिटिक्क पार्न लागेका बताए ।
- सात दिनसम्म चल्ने प्रतियोगितामा आयोजक सप्तरीसहित सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी र उदयपुरका गरि ८ क्लब प्रतिस्पर्धी हुदैछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया