राजविराज÷राजविराज जेसीजमा उज्जवल काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
राजविराज जेसीजको कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा बिक्रम काबरा र सुनितकुमार मुन्ना, कानुनी सल्लाहकारमा विप्लब आनन्द, महासचिवमा रबी राय र कोषाध्यक्षमा पंकज देव चयन भएका छन् ।
यसैगरी उपाध्यक्षहरुमा होमश काबरा, संजोग देव, अनिल साह, रिया राय सञ्चेती, सचिवमा रञ्जना चौधरी, शाखा सम्पादकमा मनिष दास र थिम सम्पादकमा रंजिब साह मनोनयन भएका छन् ।
नयाँ कार्यसमितिको शनिबार राजविराज जेसीज भवनमा आयोजित पदास्थापन कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विभिन्न क्षेत्रमा सकारात्मक र असल युवाहरुको खाँचो रहेको भन्दै युवाहरुले क्रियाशील सामाजिक जीवनका लागि मार्गदर्शन गर्नुपर्ने बताए ।
कार्यक्रममा लायन्स क्लबका गर्भनर शंकर शारदा, नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललीता साह, सप्तरी अध्यक्ष श्रवण देव, अधिवक्ता मनु खनाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका निर्देशक टिकाप्रसाद पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, लायन्स क्लबका शेखर प्रसाद सिंह, सत्यभान प्रसाद सिंहलगायत राजविराज जेसीजका पूर्व अध्यक्षहरु, महिला मानवअधिकार रक्षक सञ्जाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
सारांश
- नयाँ कार्यसमितिको शनिबार राजविराज जेसीज भवनमा आयोजित पदास्थापन कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विभिन्न क्षेत्रमा सकारात्मक र असल युवाहरुको खाँचो रहेको भन्दै युवाहरुले क्रियाशील सामाजिक जीवनका लागि मार्गदर्शन गर्नुपर्ने बताए ।
- कार्यक्रममा लायन्स क्लबका गर्भनर शंकर शारदा, नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललीता साह, सप्तरी अध्यक्ष श्रवण देव, अधिवक्ता मनु खनाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
- कार्यक्रममा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका निर्देशक टिकाप्रसाद पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, लायन्स क्लबका शेखर प्रसाद सिंह, सत्यभान प्रसाद सिंहलगायत राजविराज जेसीजका पूर्व अध्यक्षहरु, महिला मानवअधिकार रक्षक सञ्जाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया