२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै

सारांश

  •     निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उपलब्ध गराएको २५ लाख रुँपैयाले पोखरीको जिर्णेद्वाराका साथै चारैतिर घाट निर्माण र सौन्दर्यकरण गर्न लागिएको हो ।
  •       दशैंका बेला सो स्थानमा ठूलो मेला लाग्ने गरेको तथा आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका समेत हजारौं तिर्थयात्री यस स्थलमा आउने गरेकाले यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सघाउने उद्देश्यले निर्वाचन क्षेत्र विकास कोषबाट २५ लाख रुँपैया सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए ।
  •       उनले यस स्थलको प्रचार प्रसार र विकासका लागि आगामी दिनमा मुख्यमन्त्री स्वच्छता कार्यक्रमबाट पनि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहीस्थित भगवती र डिहबार मन्दिरको अग्रभागमा ८ विगहा १ कठ जग्गामा फैलिएको ऐतिहासिक पोखरीको जिर्णोद्वारका लागि सोमबार शिलान्यास गरिएको छ । 
    निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उपलब्ध गराएको २५ लाख रुँपैयाले पोखरीको जिर्णेद्वाराका साथै चारैतिर घाट निर्माण र सौन्दर्यकरण गर्न लागिएको हो । 
    दशैंका बेला सो स्थानमा ठूलो मेला लाग्ने गरेको तथा आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका समेत हजारौं तिर्थयात्री यस स्थलमा आउने गरेकाले यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सघाउने उद्देश्यले निर्वाचन क्षेत्र विकास कोषबाट २५ लाख रुँपैया सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए । 
    उनले यस स्थलको प्रचार प्रसार र विकासका लागि आगामी दिनमा मुख्यमन्त्री स्वच्छता कार्यक्रमबाट पनि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 
    ऐतिहासिक पोखरीलाई नयाँ स्वरुप दिनुका साथै सोही वडामा एउटा व्यवस्थित खेलमैदान निर्माणको गृहकार्य समेत भइरहेको मन्त्री साहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै
पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी 
पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी 
सम्मानजनक जिम्मेवारीका लागि जोड
सम्मानजनक जिम्मेवारीका लागि जोड
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द