लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १, २०७९
|
|
५१ पटक हेरिएको
Shares
लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट

सारांश

  •     रुपनी गाउँपालिका १ रायपुरस्थित अनिल नारायण यादवको गाईगोठबाट आइतबार मध्यरात १२ बजेतिर सल्केको आगोले छिमेकीसहित ६ वटा घर जल्नुुका साथै उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
  •     आगोले अनिल नारायण यादवका साथै छिमेकी मायाराम यादव, रोज नारायण यादव, गंगाराम यादव र नागेन्द्र यादव लगायतका ६ परिवारलाई बेघर बनाएको हो ।
  • आगलागीमा परेका सबै घर फुस, काठ र टिनको छाना भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।

    सप्तरीको रुपनी गाउँपालिकामा आगलागी हुँदा आधा दर्जन घर जल्नुका साथै १५ लाख भन्दा बढी मुल्य बराबरको धनमालको क्षति भएको छ । 
    रुपनी गाउँपालिका १ रायपुरस्थित अनिल नारायण यादवको गाईगोठबाट आइतबार मध्यरात १२ बजेतिर सल्केको आगोले छिमेकीसहित ६ वटा घर जल्नुुका साथै उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
    आगोले अनिल नारायण यादवका साथै छिमेकी मायाराम यादव, रोज नारायण यादव, गंगाराम यादव र नागेन्द्र यादव लगायतका ६ परिवारलाई बेघर बनाएको हो । आगलागीमा परेका सबै घर फुस, काठ र टिनको छाना भएका हुन् ।
    स्थानीयका अनुसार अनिल नारायण यादवको गाईगोठमा लामखुट्टे धपाउन बालेका घुरबाट अचानक आगो सक्लेको हो ।
    आगलागी पीडित अहिले कोही आफन्तकहाँ त कोही खुला चउरमा बस्न बाधय छन् । आगो २ घण्टाको प्रयास पछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
    आगो नियन्त्रणमा राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको वारुणयन्त्र, स्थानियवासी, इलाका प्रहरी कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालयको टोली सक्रिय थिए । 
    डिएसपी सिंहका अनुसार आगलागीबाट १५ लाख ५२ हजार मूल्य बराबरको सम्पति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री