माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते 

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको कञ्चनरूप नगरपालिका ११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीय छोरी पुष्पा कुमारी सरदारको शुक्रबार विहान माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
  •       बिहान १० बजे तिर घरदेखि केही दुरीमा रहेको खोला नजिकै माटो लिन गएको बेला अचानक माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
  •       यस्तै सोही घटनामा स्थानिय लागु सरदारकी १५ वर्षीय छोरी मन्त्रीता सरदारको देब्रे खुट्टा पुरै चुडिएर घाइते छिन ।

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
    तिहारका लागि घर लिपपोत गर्न माटो लिन गएकी एक बालिकाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने दुई बालिका घाइते भएकी छिन् । 
    सप्तरीको कञ्चनरूप नगरपालिका ११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीय छोरी पुष्पा कुमारी सरदारको शुक्रबार विहान माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । 
    बिहान १० बजे तिर घरदेखि केही दुरीमा रहेको खोला नजिकै माटो लिन गएको बेला अचानक माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । 
    यस्तै सोही घटनामा स्थानिय लागु सरदारकी १५ वर्षीय छोरी मन्त्रीता सरदारको देब्रे खुट्टा पुरै चुडिएर घाइते छिन । त्यस्तै मनिलाल सरदारको १७ वर्षीय छोरी सुस्मिता सरदारको समेत हात र खुट्टामा चोट लागेको डिएसपी भारतीले बताए ।
    घाइते मन्त्रीताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । यस्तै सुस्मिताको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?