२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, माघ १४, २०७८
|
|
६६ पटक हेरिएको
Shares
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु

सारांश

  •     ४५ जनाको स्वाव परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिकाका सर्वाधिक १५ जना छन् ।
  • यस्तै राजविराज नगरपालिकाका ३, तिरहुत गाउँपालिका र अन्य जिल्लाका दुई÷दुई तथा हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जना–मा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजबिराज, १४ माघ ।
    सप्तरीमा शुक्रबार एकैदिन २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा संक्रमित हुनेको संख्या ३ सय २५ पुगेको छ ।
    ४५ जनाको स्वाव परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिकाका सर्वाधिक १५ जना छन् । यस्तै राजविराज नगरपालिकाका ३, तिरहुत गाउँपालिका र अन्य जिल्लाका दुई÷दुई तथा हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जना–मा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 
    संक्रमित मध्ये तीन जना गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशन वाडमा र अन्य सबै होमआइसोलेशनमै रहेको उनले बताए । 
    सप्तरीका थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 
    कोशी अस्पतालको आइसोलेशनमा भर्ना रहेकी सप्तरीको रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादवको उपचारको क्रममा बिहीबार साँझ मृत्यु जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    संक्रमण पुष्टि भएसँगै स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई तीन दिनअघि रेफर गरि थप उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । आइसोलेशनमा राखी उपचार चलिरहेकै बेला उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । 
    यसअघि सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्तिमानी खेलाडी महबुब आलम  र उदयमान खेलाडी आदिल पक्राउ
किर्तिमानी खेलाडी महबुब आलम  र उदयमान खेलाडी आदिल पक्राउ
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
पत्रकार झाप्रति श्रद्धाञ्जली 
पत्रकार झाप्रति श्रद्धाञ्जली 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?