एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार

राजविराज राजविराज
|
बुधबार, कार्तिक २७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
एक पदका लागी नौं जनाको उम्मेदवारी,  राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार

सारांश

  •     जसमा राजनीतिक दलबाट ६ र स्वतन्त्रबाट ३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय छिन्नमस्ता गाउँपालिकाको कार्यालय सप्तरीले जनाएको छ ।
  •       उम्मदेवारी दर्ता गर्नेहरुमा नेकपाका तर्फबाट अच्छेलाल यादव, नेपाली काँग्रेसका तर्फबाट शिव नारायण मण्डल तथा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार प्रमिला देवी यादव रहेका छन् ।
  •       यसैबीच राजपाका जिल्ला संयोजक हरेराम यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले बुधबार संयुक्त विज्ञप्ति जारि गर्दै चुनावमा सहकार्य गर्ने उद्देश्यले दुबै पार्टीको संयुक्त उम्मेदवार उठाउने सहमति भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक । 
    सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी ९ जनाले बुधबार मनोनयन दर्ता गराएका छन् । 
    जसमा राजनीतिक दलबाट ६ र स्वतन्त्रबाट ३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय छिन्नमस्ता गाउँपालिकाको कार्यालय सप्तरीले जनाएको छ ।  
    उम्मदेवारी दर्ता गर्नेहरुमा नेकपाका तर्फबाट अच्छेलाल यादव, नेपाली काँग्रेसका तर्फबाट शिव नारायण मण्डल तथा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार प्रमिला देवी यादव रहेका छन् । 
    यसैबीच राजपाका जिल्ला संयोजक हरेराम यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले बुधबार संयुक्त विज्ञप्ति जारि गर्दै चुनावमा सहकार्य गर्ने उद्देश्यले दुबै पार्टीको संयुक्त उम्मेदवार उठाउने सहमति भएको जनाइएको छ । 
    यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । 
    यसैगरि स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन दर्ता गर्नेहरुमा धिरेन्द्र कुमार यादव, नुरहुसन मंसुरी र रंजित कुमार यादव रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 
    यसैबीच एक वडा अध्यक्ष पदका लागी ९ जनाले उत्साहपूर्वक र शान्ति पूर्ण ढंगले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् ।
    २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । सो वडामा ६ सय ४६ महिला तथा ७ सय ५७ पुरुष गरी कुल १ हजार ४ सय ३ मतदाता छन् । 
    उपनिर्वाचनका लागि छिन्नमस्ता ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
सदा झुण्डिएको अवस्थामा मृत फेला
सदा झुण्डिएको अवस्थामा मृत फेला
डा. केसीको समर्थनमा  चिकित्सकहरुद्वारा सबै सेवा ठप्प
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित