कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  •     आत्महत्या गरेको भनिएकी कंचनका परिवारजनले न्यायका लागि सरोकारवालासँग आग्रह गर्दै सिआईबीबाट सो घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।
  •     राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मृतक कंचनका आफन्तले उनलाई आफ्नै पति, सासु, ससुरालगायतको योजनामा हत्या गरिएको दाबी दोह¥याउँदै आरोपितहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरिरहेको आरोप लगाएका छन् ।
  •     गत साउन १८ गते कंचनको मृत शरीर डाक्नेश्वर नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ भदौं । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका १ की २७ वर्षिया कंचनकुमारी यादवको हत्या भएको झण्डै एक महिना पुग्नै लाग्दा हालसम्म उनका परिवारले न्याय पाउन सकेको छैन् । 
    आत्महत्या गरेको भनिएकी कंचनका परिवारजनले न्यायका लागि सरोकारवालासँग आग्रह गर्दै सिआईबीबाट सो घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।
    राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मृतक कंचनका आफन्तले उनलाई आफ्नै पति, सासु, ससुरालगायतको योजनामा हत्या गरिएको दाबी दोह¥याउँदै आरोपितहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरिरहेको आरोप लगाएका छन् ।


    गत साउन १८ गते कंचनको मृत शरीर डाक्नेश्वर नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । 
    श्रीमानपक्षले शलले पासो लगाएर झुण्डिएर आत्महत्या गरेको दाबी गर्दै आएका छन् भने माइती पक्षले श्रीमान अरबिन्द, सासु फुलोदेवी, ससुरा सुदिलाल यादव लगायत ६ जनाले मिलोमतो गरि हत्या गरेर आत्महत्या बनाएको पत्रकार सम्मेलनमा दाबी गरेका छन् । 
    पत्रकार सम्मेलनमा मृतकका दाजु प्रविणले साउन २८ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा ६ जना बिरुद्ध किटानी जाहेरी दिइसक्दा समेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न आलटाल गरिरहेको गुनासो पोखेका छन् । 
    उनले भने, “बहिनीको शरीर भर चोटको निशान, चुरा फुटेको तथा कपालबाट झरेका रौंका थुप्राहरु घटनास्थलबाट फेला परेकाले उनलाई कुटपिट गरेर हत्या गरि झुण्ड्याइएको सहजै अनुमान गर्न सकिन्छ ।”
    राजविराज नगरपालिका १० माइती रहेको कंचनका पति अरबिन्द शिक्षण पेशामा संलग्न छन् । माइती पक्षका अनुसार उनका पति अरबिन्दको सोही विद्यालयका एक शिक्षिकासँग नाजायज सम्बन्ध रहेका थिए । सोही कारण पछिल्लो केही समय यता पतिले कंचनलाई चरम यातना दिँदै आएका थिए । अरबिन्दका आमा बुबा पनि त्यही शिक्षिकासँग अरबिन्दको दोश्रो विवाह गराउने मनसायमा पुगेपछि कंचनमाथी घरभित्रै यातना बढ्दै गएको माइती पक्षको आरोप छ । 
    यता घटनाको अनुसन्धानको क्रममा कंचनका पति अरबिन्द यादवलाई साउन १९ गते पक्राउ गरिसकेको प्रहरी उपरिक्षक मनोजकुमार यादव बताउँछन् । उनले कंचनको हत्या हो वा आत्महत्या यस विषयमा प्रहरी गहिरो अनुसन्धान गरिरहेको जानकारी दिदै घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेकोले चाडै सत्यतथ्य सार्वजनिक हुने उल्लेख गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?