दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
अखाद्य बस्तुको प्रयोगले गर्दा विश्वभर वर्षेनी ६० करोड भन्दा बढी मानिसले अकालमै ज्यान गुमाउनु परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको बिहीबार आयोजना तथा सप्तरी उद्योग बाणिज्य संघको सहआयोजनामा आयोजित उपभोक्ता तथा अन्य सरोकारवालाहरुसँगको खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
स्वास्थ्यलाई हानी हुनेगरी सडेगलेको, म्याद गुज्रेको तथा विषक्त अवस्थामा राखिएको खाद्य पदार्थको उपयोगले वर्षेनी ६० करोडले अकालमै ज्यान गुमाउने गरेको तथ्य विश्व स्वास्थ्य संगठनले पनि हालै सार्वजनिक गरिसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले बताए ।
कार्यक्रममा विश्व खाद्य संगठनको हवाला दिँदै प्रस्तुत प्रतिवेदनमा अखाद्य बस्तुको प्रयोगले विश्वभरिमा वर्षेनी ६० करोड, मासिक ४ लाख र दैनिक एक हजार २ सय जनाको दरले सर्वसाधारणले ज्यान गुमाई रहेको उल्लेख गरिएको छ ।
उनले भने “उपभोक्ताले सेवन गर्ने खाद्य पदार्थ कुन उपयुक्त÷कुन अनुपयुक्त छुट्टयाउन नसक्दा र सरसफाईको ध्यान नराख्दा यो भयावह स्थिति देखिएको हो, यसबाट जोगिन उपभोक्ता आफै पनि सचेत हुनु जुरुरी छ ।”
कार्यक्रममा खाद्य निरिक्षक राजिव बुढाथोकीले खाद्य स्वच्छता र खाद्य पोषण सम्बन्धी दुई घण्टे तालिम प्रदान गर्दै ज्ञान बाडेका थिए । उनले दुषित खाद्य पदार्थको परिभाषा स्पष्ट पार्दै यसको सेवनले हुने हानी नोक्सानी र यसबाट बच्ने उपायबारे सहभागिलाई तालिम प्रदान गरेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा, उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्तालगायतले खाद्य स्वच्छताका लागि अपनाउनु पर्ने सावधानी बारे आ–आफ्नो सुझाव राखेका थिए ।
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको बिहीबार आयोजना तथा सप्तरी उद्योग बाणिज्य संघको सहआयोजनामा आयोजित उपभोक्ता तथा अन्य सरोकारवालाहरुसँगको खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
- स्वास्थ्यलाई हानी हुनेगरी सडेगलेको, म्याद गुज्रेको तथा विषक्त अवस्थामा राखिएको खाद्य पदार्थको उपयोगले वर्षेनी ६० करोडले अकालमै ज्यान गुमाउने गरेको तथ्य विश्व स्वास्थ्य संगठनले पनि हालै सार्वजनिक गरिसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले बताए ।
- कार्यक्रममा विश्व खाद्य संगठनको हवाला दिँदै प्रस्तुत प्रतिवेदनमा अखाद्य बस्तुको प्रयोगले विश्वभरिमा वर्षेनी ६० करोड, मासिक ४ लाख र दैनिक एक हजार २ सय जनाको दरले सर्वसाधारणले ज्यान गुमाई रहेको उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया