दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सदस्य डा.सूर्यनारायण यादवले पदबाट राजिनामा दिएका छन् ।
तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजिनामाको निवेदन दिएका छन् ।
मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित रहेको भन्दै सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिएको बताए ।
यता राजिनामा फिर्ता लिन समाजवादी पार्टी नेपालले उनलाई आग्रह गरेको छ । यद्दपी सांसद यादवको राजिनामा सभामुखसमक्ष आएको तर, स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन् ।
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले राजिनामा फिर्ता लिनका लागि डा.यादवलाई आग्रह गरिएको जानकारी दिए । उनको राजिनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजिनामा फिर्ता हुने सम्भावना रहेको बताए ।
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
सारांश
- तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजिनामाको निवेदन दिएका छन् ।
- मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित रहेको भन्दै सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिएको बताए ।
- यता राजिनामा फिर्ता लिन समाजवादी पार्टी नेपालले उनलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया