दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशन आज हुँदैछ । गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधन प्रसाद यादव र रामदेव साह भिड्दै छन् ।
संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ । यी दुबैबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मंडल र फत्तेमहम्मद, सचिवका प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खडगाको उम्मेदवारी दिएका छन् ।
रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुब नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादवको उम्मेदवारी परेको छ । सहचिवमा मो. मुश्लिम र रामसुन्दर मण्डलको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार जिल्ला अधिबेशनका लागि कुल २ हजार ५ सय ३५ मतदाता छन् । सात पदाधिकारीसहित ८२ सदस्यीय जिल्ला कार्यसमितिका लागि दुबै पक्षले प्यानल बनाएर वर्तमान सचिव समेत रहेका यादव र इतर पक्षका साहले बुधबार मनोनयन पत्र दर्ता गराएका थिए ।
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र साहबीच प्रतिष्पर्धा
सारांश
- संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।
- यी दुबैबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
- शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मंडल र फत्तेमहम्मद, सचिवका प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खडगाको उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया