दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
कामना सेवा विकाश बैंक राजबिराज शाखाले वार्षिकोत्सवको अवसरमा मंगलबार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।
बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा तिलाठी कोईलाडी गाउँपालिका वडा नं ७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय मंसापुरका बाल कक्षामा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो ।
सो अवसरमा बैंकका प्रदेश नं २ प्रमुख राकेश सिंहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजबिराज शाखाले ब्याग वितरण गरी दलित विद्यार्थीहरुलाई पढाईमा थप उर्जा थप्ने बताए । उनले सो कार्यले विद्यार्थीहरुमा उत्साह जाग्नुका साथै उनीहरुको अध्यनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष गुलाब प्रसाद सिंह, वडा सचिव शन्तलाल मंडल, वडा सदस्य राम नारायण साह, विद्यालयका प्रअ मदन मण्डलले दलित वस्तीमा ब्याग वितरण गरेकोमा बैंकलाई धन्यवाद दिए ।
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
सारांश
- बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा तिलाठी कोईलाडी गाउँपालिका वडा नं ७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय मंसापुरका बाल कक्षामा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो ।
- सो अवसरमा बैंकका प्रदेश नं २ प्रमुख राकेश सिंहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजबिराज शाखाले ब्याग वितरण गरी दलित विद्यार्थीहरुलाई पढाईमा थप उर्जा थप्ने बताए ।
- उनले सो कार्यले विद्यार्थीहरुमा उत्साह जाग्नुका साथै उनीहरुको अध्यनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया