दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई राजनीतिक निकास दिनका लागि संविधान संशोधन वा पुनर्लेखनको बिकल्प नरहेको बताएका छन् ।
बुधबार राजविराजमा प्रेस मञ्च नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताउँदै मुलुकमा व्याप्त राजनीतिक अन्यौलतालाई समाप्त पार्न तथा संकट हटाउन संविधान संशोधन वा पुनर्लेखनको आवश्यकता छ ।
अल्पविकसित मुलुकमा राजनीतिक अस्थिरताले आर्थिक अवस्था सुध्रन नसकेकोे तथा विकासले गति लिन नसकेको उदाहरण दिदै उनले नेपालमा पनि संविधान संशोधन र पुनर्लेखन गरेर सच्चाउन आवश्यक रहेकोमा जोड दिए ।
संविधानमा गरिएको समावेशिताको व्यवस्था पछाडी पारिएका तथा सिमान्तकृतहरुलाई उकासनका लागि रहेको भएपनि शासकवर्गले नै त्यसबाट बढी फाइदा लिई रहेको उनको भनाई छ ।
मधेशमा ६० प्रतिशत जनसंख्याको ठुलो हिस्सा बसोबास रहेको भएपनि त्यस अनुपातमा निर्वाचन क्षेत्र नरहेको उल्लेख गर्दै उनले भने “यसका लागि पनि संविधान संशोसधन र पुनर्लेखन आवश्यक छ ।”
मुलुकमा दलहरुबीच रहेको राजनीतिक द्वन्द्वका कारण पनि समस्या बढेको उनको कथन छ । विगत ३५÷३६ बर्ष देखि सरकार बन्ने र ढल्ने खेल चलिरहनाले विकासमा बाधा पर्नुका साथै जनताले पनि परिवर्तनको आभाष पाउन नसेको उनको भनाई थियो ।
सप्तरीको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले जनताको घरदैलोमा जाँदा शिक्षा स्वास्थ्य र कानुनी सहायताको मामिलामा दरिद्रता देखिएको सुनाए । उनले शिक्षा स्वास्थ्य र न्यायको सवालमा राज्यले दायित्व निर्वाह गर्नुपर्नेमा जोड समेत दिए ।
“सरकारी स्कूलमा राम्रो पढाई नहुँदा जग्गा बेचेर पढाउने बाध्यता, स्वास्थ्य सेवा सहज नभएको र स–साना कुरामा पनि मुद्दा लड्नु परेको छ” अध्यक्ष यादवले भने “शिक्षा, स्वास्थय र कानुनी सहायताको मामिलामा यो राजनीतिक दरिद्र हुनुपर्ने अवस्था हो”
प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुका संगै पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थति रहेको थियो ।
संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
सारांश
- बुधबार राजविराजमा प्रेस मञ्च नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताउँदै मुलुकमा व्याप्त राजनीतिक अन्यौलतालाई समाप्त पार्न तथा संकट हटाउन संविधान संशोधन वा पुनर्लेखनको आवश्यकता छ ।
- अल्पविकसित मुलुकमा राजनीतिक अस्थिरताले आर्थिक अवस्था सुध्रन नसकेकोे तथा विकासले गति लिन नसकेको उदाहरण दिदै उनले नेपालमा पनि संविधान संशोधन र पुनर्लेखन गरेर सच्चाउन आवश्यक रहेकोमा जोड दिए ।
- संविधानमा गरिएको समावेशिताको व्यवस्था पछाडी पारिएका तथा सिमान्तकृतहरुलाई उकासनका लागि रहेको भएपनि शासकवर्गले नै त्यसबाट बढी फाइदा लिई रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया