घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 

राजविराज राजविराज
|
सोमबार, भाद्र ११, २०८०
|
|
२३ पटक हेरिएको
Shares
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 

सारांश

  •     घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् ।
  • अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसनधानका लागि नियन्त्रणमा लिएको थियो ।
  •     भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिइएको हो ।

दैनिक समाचारदाता
राजविराज, ११ भदौ । 

    सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव निलम्बित भएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको हो । 
    घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसनधानका लागि नियन्त्रणमा लिएको थियो ।
    भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिइएको हो ।
    यद्दपी अख्तियारले भदौं ७ गते पठाएको उक्त पत्र सोमबार बिहान ११ बजे गाउँपालिकाको आधिकारीक मेलमा आएको गाउँपालिका श्रोतले जानकारी दिएको छ । 
    गत साउन ३१ गते सोलार बत्ति सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्यूटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको इटहरीस्थ्ति कार्यालयको टोलीले राजविराजस्थित गजेन्द्र चौकको एक बस बुकिङ काउन्टरबाट नियन्त्रणमा लिएको थियो ।
    यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । 
    राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?