पत्रकार महासंघको केन्द्रिय महाधिवेशन बैशाख २१ र २२ मा

राजविराज राजविराज
|
बुधबार, चैत्र ७, २०८०
|
|
६३ पटक हेरिएको
Shares
पत्रकार महासंघको केन्द्रिय महाधिवेशन बैशाख २१ र २२ मा

सारांश

  •     महासंघका महासचिव रोशन पुरीद्वारा जारि विज्ञप्तिमा बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते विश्व शान्तिका मुहान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा गर्ने निर्णय गरेको हो ।
  •       बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
  • त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन पनि गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बुधबार सम्पन्न बैठकले २७औं केन्द्रीय महाधिवेशन आगामी २०८१ साल वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको छ । 
    महासंघका महासचिव रोशन पुरीद्वारा जारि विज्ञप्तिमा बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते विश्व शान्तिका मुहान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा गर्ने निर्णय गरेको हो ।  
    बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन पनि गरेको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
    यस्तै बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ ।
    सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । जसअनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
    केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्यहरू नै महाधिवेशनमा सहभागी हुने नेपाल पत्रकार महासंघको विधानले व्यवस्था गरेको जानकारी गराइन्छ । प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा सांगठनिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल हुनेछ ।
    बैठकले यस वर्षको महाधिवेशनलाई विश्वव्यापी रुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको संकटका विषयमा छलफल गर्ने र त्यस निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे