दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
रंगभेद विरुद्धको नारा लगाउँदै जनमत पार्टीले राजविराजमा बुधबार बृहत प्रदर्शन गरेको छ । जनमत पार्टी सप्तरीको नेतृत्वमा रंगभेद विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनको क्रममा ‘मधेस प्रदेशलाई स्वयत्त प्रदेश घोषणा गर, रंगभेद आक्रमण अन्त्य गर, रंगभेद गर्न पाइदैन, धोती भैया भनेर हेप्न पाइदैन, नश्लवादी राज्य चाहिदैन जस्ता नाराहरु लगाईएको थियो ।
राजविराज स्थित पार्टी कार्यालयबाट निस्किएको बिरोध र्याली नगरपालिकाको मुख्य सडक परिक्रमा गर्दै नेता चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख डा.जयकान्त राउत, केन्द्रीय सदस्य सुरेन्द्र मधेसी लगायतले सम्बोधन गर्दै रंगको आधार अझै भेदभाव कायम रहेको बताए । जाति र रंगको आधारमा हुने कुनैपनि प्रकारको विभेद सहय नहुने बताउँदै उनीहरुले यस्ता गतिविधि अन्त्य नभएसम्म दवावमुलक कार्यक्रम जारी राख्नुपर्नेमा जोड दिएका थिए ।
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
सारांश
- प्रदर्शनको क्रममा ‘मधेस प्रदेशलाई स्वयत्त प्रदेश घोषणा गर, रंगभेद आक्रमण अन्त्य गर, रंगभेद गर्न पाइदैन, धोती भैया भनेर हेप्न पाइदैन, नश्लवादी राज्य चाहिदैन जस्ता नाराहरु लगाईएको थियो ।
- राजविराज स्थित पार्टी कार्यालयबाट निस्किएको बिरोध र्याली नगरपालिकाको मुख्य सडक परिक्रमा गर्दै नेता चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
- जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया