दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ की एक पाँच वर्षिया बालिकासँग छिमेकीले बलात्कार गरेको घटना बाहिरिएको छ ।
नातेदार कहाँ पु¥याईदिन्छु भन्दै छिमेकी १९ वर्षिय कुदुसले मोटरसाइकलमा लगेर बिच बाटोमा एकान्त स्थलमा पु¥याइ बलात्कार गरेको घटना बाहिरिएको हो ।
पीडित बालिकाको विगत तीन दिनदेखि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । पीडित बालिकाको गोप्य अंगबाट अत्याधिक रक्तश्राव भइरहेको अवस्थामा आफन्तले अस्पताल ल्याई पु¥याएका थिए । अस्पताल श्रोतका अनुसार प्रारम्भिक चरणमै उनीसँग बलात्कार भएको देखिएको थियो ।
उक्त अस्पताल परिसरमा संचालनमा रहेको “अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र” मा समेत स्वास्थ्य परिक्षण गराइएको छ । उक्त केन्द्रमा बालिकाको स्वास्थ्य परिक्षण र बयान कार्य सकाई रगत लगायतका बस्तु थप परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको केन्द्रकी स्वास्थ्यकर्मी मनिषा सिम्खडाले बताईन । अत्याधिक रक्तश्रावका कारण शुरुमा बालिकाको स्वास्थ्य अवस्था जटिल भएपनि अहिले भने सुधार हुँदै गएको उनले जानकरी दिइन ।
घटना क्रम अनुसार फागुन १४ गते सिमावर्ती भारतीय क्षेत्रमा रहेका नातेदार विरामी पर्दा छिमेकी १९ वर्षिय कुदुसलाई त्यहाँसम्म पु¥याईदिन ती बालिकाकी आमाले आग्रह गरेका थिए । दश किलोमिटर टाढा रहेको आफन्तकहा पहिले छोरीलाई पु¥याइदिन्छु र त्यसपछि तपाईलाई लग्छु भन्दै दिउँसो मोटरसाइकलमा लिएर गएका छोरीलाई साझ पख भने बेहोस अवस्थामा ल्याएर घरमा छाडिदिएको बालिकाकी आमाले सुनाईन ।
उनले छोरा जस्तो मानेको व्यक्तिबाट यस्तो घृणित काम भएको भन्दै अविलम्ब पक्राउ गरी कडा कारवाही हुनुपर्नेमा माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले उक्त घटनाका आरोपित कुदुसको खोजिकार्य भइरहेको जानकारी दिएका छन् ।
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत
सारांश
- नातेदार कहाँ पु¥याईदिन्छु भन्दै छिमेकी १९ वर्षिय कुदुसले मोटरसाइकलमा लगेर बिच बाटोमा एकान्त स्थलमा पु¥याइ बलात्कार गरेको घटना बाहिरिएको हो ।
- पीडित बालिकाको विगत तीन दिनदेखि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
- पीडित बालिकाको गोप्य अंगबाट अत्याधिक रक्तश्राव भइरहेको अवस्थामा आफन्तले अस्पताल ल्याई पु¥याएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया