राजविराज÷सप्तरीमा एक एकल महिलाले बच्चा (छोरा) जन्माएकी छिन् । सप्तरीको कंचनरुप नगरपालिका २ बरमझिया निवासी स्व. दुखी पण्डितकी ३१ वर्षिया श्रीमती हेमन्तीदेवीले शुक्रबार बच्चा जन्माएकी हुन् ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक डा. दिलिप साह र डा. जयन्तिकुमारी यादवले पेटको शल्यक्रिया गरेर बच्चा निकालेका छन् ।
श्रीमानको मृत्यु भएको १४ वर्षपछि शुक्रबार हेमन्तीले बच्चा जन्माएपछि स्थानिय समाज आश्चर्यमा परेका छन् । हेमन्ती र दुखीबीच २०६३ साल बैशाख ९ गते विवाह भएको थियो । पहिलो श्रीमती सुदामा सँग विवाह गरेको २ वर्षसम्म पनि सन्तान नभएपछि सुदामा कै आग्रहमा दुखीले हेमन्तीसँग दोश्रो विवाह गरेका थिए । विवाहपछि जेठो सन्तानका रुपमा छोरा जन्मेको चार महिनापछि दुखीको मृत्यु भयो । बिरामी पर्दा २०६५ सालतिर श्रीमान दुखीको मृत्यु भएको जेठी श्रीमती सुदामाले बताइन् ।
हेमन्ती गर्भवति भएको थाहा पाएपछि घर परिवार तथा छरछिमेकमा हल्लीखल्ली मचिएपछि सोधपुछ गर्दा उनीमाथी जरबजस्ती करणी भएको खुलासा भएको थियो । आफूलाई छिमेकी बेचन पण्डितले जबरजस्ती करणी गरेर गर्भवति बनाएको हेमन्तीले बताएकी छिन् । दुखी पण्डितकी जेठी श्रीमती सुदामाले पनि आफू घरमा नभएको मौका छोपी छिमेकी ५५ वर्षिय बेचन घरमा पसी हेमन्तीलाई जबरजस्ती करणी गरेर गर्भवति बनाएको खुलासा गरेकी छिन् ।
यसबारे टोलमा वडाअध्यक्ष मेहदी हसन, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि राखी पंचायती बसाएर छलफल गराउँदा आफूले गर्भवति बनाएको कुरा बेचनले स्वीकार गरेको तत्कालिन बरमझिया गाविसका पूर्वप्रधानपञ्च छेदीलाल पण्डितले बताए । पंचायतीमा उपस्थित रहेका समाजसेवी बच्चा साहका अनुसार पीडक बेचनले छलफलमा हुने निर्णय आफूलाई स्वीकार्य हुने बताएर निस्के पनि भोली पल्टै बिहानै फरार भएको बताए ।
गरिबीका कारण अर्काको खेतबारीमा मजदुरीले जिविकोपार्जन गर्दै आएकी सुत्केरी हेमन्तीका जेठो छोरा कृष्ण गरिबी कै कारण घर छाडी विगत ८ वर्षदेखी मावलीमा बस्दै आएका छन् ।
पीडित महिलाका तर्फबाट इलाका प्रहरी कार्यालय कंचनपुरमा बेचनबिरुद्ध जरबजस्ती करणीको मुद्दा चलाउन माग गर्दै जाहेरी समेत परेको छ । प्रहरीले सो घटना बारे थप अनुसन्धानसँगै फरार रहेका बेचनको खोजी कार्य भइरहेको जनाएको छ ।
एकल महिलाले बच्चा जन्माइन
सारांश
- हेमन्ती गर्भवति भएको थाहा पाएपछि घर परिवार तथा छरछिमेकमा हल्लीखल्ली मचिएपछि सोधपुछ गर्दा उनीमाथी जरबजस्ती करणी भएको खुलासा भएको थियो ।
- आफूलाई छिमेकी बेचन पण्डितले जबरजस्ती करणी गरेर गर्भवति बनाएको हेमन्तीले बताएकी छिन् ।
- दुखी पण्डितकी जेठी श्रीमती सुदामाले पनि आफू घरमा नभएको मौका छोपी छिमेकी ५५ वर्षिय बेचन घरमा पसी हेमन्तीलाई जबरजस्ती करणी गरेर गर्भवति बनाएको खुलासा गरेकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया