पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 

राजविराज राजविराज
|
बुधबार, बैशाख २२, २०७८
|
|
२६ पटक हेरिएको
Shares
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 

सारांश

  •     यसैबीच बुधवार थप ३५ जना संक्रमितको पुष्टि भएको छ ।
  • ५७ जनाको पिसिआर परिक्षण गर्दा ३५ जना संक्रमितको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  • योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
    सप्तरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दिनहुँ ३०/३५ जना संक्रमित भइरहेका छन् । 
    यसैबीच बुधवार थप ३५ जना संक्रमितको पुष्टि भएको छ । ५७ जनाको पिसिआर परिक्षण गर्दा ३५ जना संक्रमितको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।  
    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्ट अनुसार राजविराज नगरपालिकाका विभिन्न वडाका १६ जना संक्रमित भएका छन् । 
    संक्रमित हुनेहरुमा वडा नं २ की ६४ वर्षीया महिला, ३ का १६ र २५ वर्षीय पुरुष तथा ६८ र २४ वर्षीया महिला, ४ का ३१ वर्षीय पुरुष, ७ की ५२ वर्षीया महिला तथा ६२ र ४८ वर्षीय पुरुष, ८ का २७ वर्षीय पुरुष, ६ की ५५ र ७४ वर्षीया महिला, ५ का ४०, ४२ र ५२ वर्षीय पुरुष तथा १६ का ५२ वर्षीय पुरुष छन् । 
    यसैगरी सुरुङ्गा नगरपालिका १ का ८ र ३४ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–१२ का २२ र ३८ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–१ की ३२ वर्षीया महिला, ३ की ४४ वर्षीया महिला, ४ का ४५ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–३ का ७५ वर्षीय पुरुष, ५ की ३४ वर्षीया महिला र ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
    यस्तै राजगढ गाउँपालिका–५ की ५० वर्षीया महिला, डाकनेश्वरी नगरपालिका–६ का ७१ वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ का ४८ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–६ का ५५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–१ का १८ वर्षीय पुरुष, ५ का २० वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–७ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
पुष्पलालको स्मृति दिवसमा रक्तदान
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र